मोरङमा सालकको खपटा पक्राउ परेपछि उदयपुरमा छापा, ब्यागमा भेटियो ‘टोके जेको’ छेपारो

<span class='c1'>मोरङमा सालकको खपटा पक्राउ परेपछि उदयपुरमा</span> <span class='c2'>छापा, ब्यागमा भेटियो ‘टोके जेको’ छेपारो</span>

विराटनगर । वन्यजन्तु मारेर चोरी तस्करी गर्ने गिरोहमा संलग्नहरु मोरङमा पक्राउ परेपछि अनुसन्धानका क्रममा उदयपुरमा शिकार हुने गरेको खुलेको छ । प्रहरीले मोरङकाृ कानेपोखरी–७ स्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश १–०२–०५२ प ११६७ नम्बर मोटरसाइकलबाट रंगेली–१ बबियाका ४५ वर्षीय गगनकुमार गच्छेदार र सप्तरी कन्चनपुर नगरपालिका ५ का ३५ वर्षीय बासुदेव सरदारलाई खबटासहित पक्राउ गरेपछि उदयपुरमा थप खबटा पक्राउ परेको छ ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी सहायक निरीक्षक रुपेश सिंहको कमाण्डमा खटिएको टोलिले गच्छेदार र सरदारको साथमा रहेको झोलामा ८५० ग्राम सालको खबेटा नियन्त्रणमा लिइएको थियो । सवडिभिजन वन कानेपोखरीमार्फत थप अनुसन्धान गर्ने क्रममा उदयपुर बेलका नगरपालिका ७ रामपुर ठोक्सिलाको गिदेर खोला बगरमा अन्य खबेटा रहेको खुलेको थियो । त्यसपछि जिल्ला बन कार्यालय मोरङबाट खटिगएको कर्मचारीको संयुक्त टोलिले बेलका ३ गिदेरी खोला बगर बस्ने ४८ वर्षीय कृष्ण राज मगर, ५६ वर्षीय डिक बहादुर पूर्वछाने मगर र सप्तरी अग्निसायर कृष्णनगर गाउँपालिका १ का ५५ वर्षीय उमेश प्रसाद चौधरीलाई पक्राउ गरेको थियो ।

उनीहरुले अबैध रुपमा लुकाई छिपाई ल्याउदै गरेको ३ केजि ७१२ ग्राम सालकको खबेटा समेत बरामद गरिएको थियो । मोरङमा ८५० ग्राम खबेटासहित पक्राउ परेका आरोपितसँग बयान लिने क्रममा उदयपुरको बेलकामा कारोबार हुने कुरा खुलेपछि वन कार्यालयको टोलि त्यहाँ पुगेको थियो । मोरङसहित पक्राउ परेको खबेटा ४ केजि ५८४ ग्राम र बा ८२ प ८८०५ र को ११ प ७६२१ नम्ब।काृ २ ओटा मोटरसाइकल समेत उनीहरु विरुद्ध कारवाही गर्न सव–डिभिजन वन कार्यालय उदयपुरमा बुझाएको थियो ।

मोरङमा गत साउन २५ गते कानेपोखरी–७ बाटै सुन्दरहरैंचा ११ क ४० वर्षीय दिपक चौधरीले ब्यागमा लुकाएर ल्याउँदे गरेको टोके जेको छेपारो फेला परेको थियो । साउन २५ गते साँझ ६ः२० बजे इलाका प्रहरी कार्यालय पथरीका प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलिले नै दुर्लभ बन्यजन्तुसहित चौधरी सवार प्रदेश १–०२–०४४ प ५४७७ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएर सव डिभिजन वन कार्यालय मंगलबारेमा अनुसन्धानका लागि बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्