विराटनगरका व्यापारी : महानगरको भाडादरमा सम्झौता, घरबेटीको ईच्छा अनुसार भुक्तानी

<span class='c1'>विराटनगरका व्यापारी : महानगरको भाडादरमा</span> <span class='c2'>सम्झौता, घरबेटीको ईच्छा अनुसार भुक्तानी</span>

विराटनगर । स्थानीय सरकार विराटनगर महानगरपालिकाले ट्राफिक चौकदेखि जलजला चौकसम्मको मुल सडकले छोएका भवनको भाडा ११० रुपैँया प्रतिवर्ग फिट तोकेको छ । यस्तै भित्री सडकका सटरहरुको भाडा ८० रुपैँया प्रतिवर्ग फिट छ । यस्तै रोडशेषदेखि ट्राफिकचौकसम्म मूल सडकमा ५० र भित्री सडकमा ४० छ । चालु आर्थिक वर्षका लागि तोकिएको महानगरपालिकाको भाडादर र बजारमा चलिआएको भाडादरमा भने आकाश पातालको फरक छ ।

विराटनगर–९ भित्र मात्रै महानगरपालिकाले ३० प्रकारको भाडा दर तोकेको छ । यसमा सबैभन्दा बढी हस्पीटल चौकदेखि जलजला रोडसम्म १५० प्रतिवर्ग फिट रहेको छ । सबैभन्दा कम सिद्धार्थ चौक पूर्व धर्मबाँध रोड हुँदै देवकोटाचौकम्मको २५ वर्गफिट रहेको छ । तर, महानगरपालिकाले तोकेको भाडादर अनुसार घरधनी र व्यापारीबीच कार्यान्वयन कहिल्यै हुँदैन ।

चर्को भाडा बुझाउनु पर्दाको मार भने व्यापारीदेखि उपभोक्तासम्मलाई छ । विराटनगरमा घरधनीले बढाएको भाडालाई थेग्नका खातिर पनि सामानको मूल्य बढाउनु पर्ने व्यापारीहरु गुनासो गर्दछन् । व्यापारीहरुका अनुसार घरधनीले जति भन्यो त्यति भाडा नबुझाउने हो भने सटर खाली गर्नुपर्दछ । सटर खाली गरेर अर्कोमा सर्नका लागि लाखौं खर्च हुन्छ । तर, धेरै भाडा असुल्ने गरिएपनि दुई पक्षीय सम्झौता भने महानगरपालिकाको दररेटका आधारमा मात्रै हुन्छ । यो एक देखाउने कागज मात्रै हुने गरेको व्यापारीको भनाई छ ।

विराटनगर–९ मेन रोडले छोएको भवनको सटरमा जुत्ताचप्पलको कारोबार गर्दै आएका एक व्यापारीका अनुसार सम्झौता अनुसार महानगरपालिकाको घरधनीले बहाल कर बुझाउँछन् । त्यहि सम्झौता अनुसार पसलले कर बुझाउने हो । तर, बुझाएको भाडाबाट व्यापार भने उकासिदै । घरधनीहरुले सम्झौता अनुसारको रकम बैंकबाट र त्यस भन्दा बाहेकको रकम नगद कारोबारमा गर्ने गरेका छन् । कतिपयले भने बैंकबाटै सबै कारोबार गर्ने गर्दछन् ।

विराटनगरमा कालि मन्दिरको स्वामित्वमा रहेको सटर भाडामा एक पटक बढी कबोल गरेर व्यापारीले लिए । त्यसको मार बजार भरीका व्यापारीलाई परेको थियो । पछि कालि मन्दिरको सटर लिनेले संस्थागत रुपमा भाडा दर पुनरावलोकन हुनुपर्ने माग गरेका थिए । मन्दिर व्यवस्थापन समितिले पनि गाह्रो पर्ने भन्दै घटाएको थियो । व्यापारमा भाडादरको असर परेको भएपनि त्यो कुराको निरुपण गर्ने निकाय कोहि नभएको व्यापारीको गुनासो छ ।

व्यापारीले गरेको यो गुनासोलाई भने विराट व्यापार संघका अध्यक्ष अंशु बन्जरा खासै स्वीकार गर्दैनन् । उनका अनुसार राम्रो व्यवहार गर्ने र सम्झौता अनुसार नियमति कारोबारमा अनुशासित हुने व्यापारीलाई घरधनीले भाडा दर घटाएका पनि छन् । कसैले भाडा बढी भयो भनेर अहिलेसम्म संस्थामा उजुर बाजुर पनि नगरेकोले भाडाकै कारण व्यापारमा असहज स्थिति छ भन्ने पक्षमा आफू नरहेको उनको भनाई छ । उनले भने–आर्थिक मन्दिले नै व्यापारलाई चौपट्ट पारेको छ, अब बाँकी कुरा मन्दिमा अभाव टार्न नसक्ने भएपछि आएका हुन् । अध्यक्ष बन्जराले कसैले भाडा बढी बुझाएको यकिन हुने कागजात र सम्झौतासहित संघमा उजुरी दिए कानुन अनुसारको कारवाहीका लागि जोड दिने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्