विराटननगरमा रथयात्राको तयारी धमाधम, हेलिकप्टरबाट पुष्पवृष्टि गर्न मुख्मन्त्रीको चासो

<span class='c1'>विराटननगरमा रथयात्राको तयारी धमाधम, हेलिकप्टरबाट</span> <span class='c2'>पुष्पवृष्टि गर्न मुख्मन्त्रीको चासो</span>

प्रेम देवान
विराटनगर । विराटनगरमा ५६ औं संस्करणको रथयात्रालाई लिएर सर्वसाधारणमा व्यापक उत्साह छाएको छ । यसका लागि राधाकृष्ण रथयात्रा मुल समारोह समितिले रथयात्राको तयारीका लागी रथको मर्मत तथा रंगरोगनदेखी विभिन्न निकायहरुसँग छलफलका कामलाई तिव्रता दिएको हो ।

यसैबीच सोमबार पनि कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीसँग भेटघाट तथा छलफल कार्यक्रमलाई अगाडी बढाएको छ । विराटनगर–१ स्थित राधाकृष्ण मन्दिर परिसरमा आयोजना गरिएको रथयात्राको तयारी बारेको छलफलमा बोल्दै मुख्यमन्त्री कार्कीले एशियाकै दोश्रो ठूलो राधाकृष्ण रथयात्राको आयोजनाले सिंगो विराटनगर गौरवान्वित हुने गरेको बताएका छन् । यसपटकको रथयात्रालाई व्यापक र आर्कषित पार्नको निम्ति हेलिकप्टरबाट पुष्पवृष्टि गर्नको लागि आफुले नेपाली सेनासँग पहल गरिरहेको समेत बताए । हेलिकप्टरको लागी चाहिने सेवासुविधा प्रदेश सरकारले बेहोर्ने समेत कार्कीले उद्घोष गरे ।

छलफलमा राधाकृष्ण रथयात्रा मूल समारोह समिति, विभिन्न उपसमितिका पदाधिकारीहरू लगायत स्वयमसेवकहरुको उपस्थिति थियो । रथयात्रालाई विशेष बनाउनको लागी विगतमा भएका कमजोरीहरुलाई सुधार गर्दै जाने र राम्रा पक्षलाई थप बढाउदै लैजानको लागि पनि मुख्यमन्त्री कार्कीले मुल समारोह समितिलाई सल्लाह दिए ।
मुख्यमन्त्री कार्कीले ४ सांस्कृतिक पर्वले विराटनगर सांस्कृतिक मूल्य र मान्यतामा धनी रहेको भन्ने प्रमाणित भएको बताएछन् । राधाकृष्ण रथयात्रा, लक्ष्मी पुजा, छठ र होलीले सामाजिक परम्परालाई आपसी सदभाव कायम बनाईराखेको स्पष्ट पारे । साथै धर्मशाला निर्माणमा प्रदेश सरकारले सहयोग गरेको भन्दै आगामी दिनमा पनि धर्मशाला लगायतका संरचना निर्माणमा प्रदेश सरकारको सहयोग जारी रहने आश्वासन दिए ।

यता श्रीकृष्ण जन्माष्टमीको भोली पल्ट हुने राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको मन्दिर कार्यसमिति अध्यक्ष कैलाश रेग्मीले बताए । रथको रङ्गरोगनदेखी यसका प्राविधिक पक्षको सुधार गरिने काम भईरहेको रेग्मीले जानकारी दिए । रथयात्रालाई व्यापक बनाउनको लागी ५०१ सदस्यीय मूल समारोह समिति गठन १८ उपसमिति प्रशासनसँग छलफल भईरहेको रेग्मीले आवर विराटनरलाई जानकारी दिए ।
रथयात्राको उद्धघाटन मुख्यमन्त्री कार्कीबाट गरिने भएको छ । रथयात्रा निकाल्ने दिन हेलिक्प्टरबाट पुष्पवृष्टि गराउनको लागि कोशी प्रदेश सरकारले आफुहरुलाई आश्वसन समेत दिएको बताए ।

वि.सं. १९८८ देखि भगवान राधाकृष्णको प्रतिमालाई खटमा राखेर खटयात्राको स्वरूपबाट विराटनगर परिक्रमाको शुभारम्भ गरिएको थियो । पछि वि।संं। २०२५ सालमा विशाल र अग्लो रथको निर्माण गरी सोही रथमा भगवान राधाकृष्णको प्रतिमालाई आरूढ गराई लाखौ भक्तजनको सहभागितामा प्रत्येक वर्ष रथयात्रा निकाल्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्