बिहार इण्डष्ट्रिज एशोसिएशन पटनासँग महासंघ कोशीले गाँस्यो भगिनी सम्बन्ध

<span class='c1'>बिहार इण्डष्ट्रिज एशोसिएशन पटनासँग महासंघ</span> <span class='c2'>कोशीले गाँस्यो भगिनी सम्बन्ध</span>

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र बिहार इण्डष्ट्रिज एशोसिएशन पटना, बीच भगिनी सम्बन्ध कायम गरिएकोे छ ।
महासंघका अध्यक्ष राजेन्द्र राउत र एशोसिएशनका अध्यक्ष के.पि.एस. केसरी बीच मंगलबार दुई पक्षीय सम्बन्ध कायम गर्ने सहमति भएको हो ।

निजी क्षेत्रको सबैभन्दा ठूलो सञ्जाल भएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आर्थिक विकासमा क्रियाशील रहेको छ । बिहारको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने बिहार इण्डष्ट्रिज एशोसिएशन पटना र महासंघ कोशी बीच स्थापना हुने भगिनी सम्बन्धले दुईपक्षीय व्यापारलाई अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ ।

लगानीको प्रवद्र्धन व्यावसायिक सम्बन्ध सहकार्य बढेर जाने र व्यवसायिक वातावरण निर्माणको लागि नीतिगत तहमा संयुक्त रूपमा पैरवी गर्ने आधार तय भई नेपालको कोशी प्रदेश र बिहार राज्य भारतको व्यापार क्षेत्रमा लाभ पुग्ने विश्वास गरिएको छ ।

महासंघले भदौ २७ देखि ३० गतेसम्म आयोजना गर्न लागेको कृषि एस्क्पोका लागि उक्त एशोसिएशनबाट सहभागिता हुने भएको छ । कार्यक्रममा महासंघका अध्यक्ष राजेन्द्र राउत, कोषाध्यक्ष सुवाष आचार्य, केन्द्रिय सदस्य एवं यस महासंघका सल्लाहकार अविनाश बोहरा लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्