विराटनगरमा पानीको गुणस्तर परीक्षणमा बेवास्ता, जनस्वास्थ्यमा जोखिम

<span class='c1'>विराटनगरमा पानीको गुणस्तर परीक्षणमा</span> <span class='c2'>बेवास्ता, जनस्वास्थ्यमा जोखिम</span>

इन्दु साह
विराटनगर । विराटनगरमा नेपाल वातावरणीय सेवा केन्द्रमा पानीको गुणस्तर परीक्षण हुने गरेको छ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका विभिन्न स्थानबाट आएका नमूना परीक्षण गरेर पठाउँदै आएको केन्द्रमा विराटनगरकै पानी भने कम परीक्षण हुने गरेको हो ।

विराटनगरका खानेपानी संस्थानहरुले समेत यही परीक्षण गर्ने गरेका छन् । सर्वसाधारणले  दैनिक उपभोग गर्ने भएकोले समेत पानीको परीक्षण हरेक महिना गरीनु उपययुक्त हुने नेपाल वातावरणीय सेवा केन्द्रे बताएको छ । पानीको गुणस्तर नेपल सरकारले तोके बमोजिम नै हुने गरेको छ । तर, प्राय परीक्षण गराउन आउनेले तोकेका मादण्ड केन्द्रीत गर्ने गरेका छन् ।

विराटनगरमा खानेपानी वितरण गरिरहेका नेपाल खानेपानी संस्थान र मानगढले गुणस्तर यहीँ परीक्षण गर्ने गरेका छन् । तर, यी संस्थाले छ महिनामा एक पटक हेड ट्याङ्कीको पानी परीक्षण गराउँदै आएका छन् । हेड ट्याङ्कीबाट सप्लाई भएर घर/घरमा पुग्दा यसमा हुनसक्ने संभावित संक्रमणको परीक्षण भने कम हुने गरेको हो । विराटनगरका विद्यालयका विद्यार्थीले दैनीक पिउने पानीको गुणस्तर कस्तो छ ? जानकारी छैन । विराटनगरका अस्पताल, शैक्षिक संस्था लगायत अन्य संस्थाहरुले पनि पानीको परीक्षण गराउने नगरेको नेपाल वातावरण सेवा केन्द्रका प्रमुख कृष्ण प्रसाद रेग्मीले बताए । उनले भने स्वस्थ्यमा असर गर्ने मुख्य कारण पानीको गुणस्तर पनी हो । तर महानगरपालिकादेखि शैक्षिक संस्था, अस्पतालहरुले समेत पानीको परीक्षण गराउन नगरेका हुन् ।

मुख्यकुरा यहाँ बोतलको वा जारको पानी पठाउने उद्योगले समेत परीक्षण गराउन भने चाहेका हुँदैनन् । समस्या नभेटीसम्म पानी उद्योगले नमूना ल्याबमा पु¥याउने नगरेका हुन् । ‘मैले आफैँ गएर महानगर प्रमुख नागेश कोईरालालाई भेटेर महानगरका विभिन्न संस्थाहरुलाई पानी परीक्षण अनिवार्य गराउन सुझाव दिए’ रेग्मीले भने–खानेपानी संस्थानहरुलाई समेत कम्तीमा वर्षको ४ पटकसम्म परीक्षण गनुपर्ने बताएको छु ।

पानीको गुणस्तर सर्वसाधरणले समेत गराउन सक्छन् । अहिले काठमाडौंमा  झाडापखाला तीब्र रुपमा बढी रहेको छ । यो ईकोलाई जीवाणुबाट हुन्छ । जुन दिसापिसाबबाट संक्रमण भएको पानीबाट सर्छ । नेपाल वातावरण सेवा केन्द्रका प्राविधिक एकराज श्रेष्ठका अनुसार पानीको पाईप पुरानो भएर लिकेज हुने र नालाको, हजको फोहोरको रसायन मिसिने हुदा यस्तो समस्या हुन्छ ।

यस्तै पानीमा कोलीफर्म भेटिए यसले पिसाब पोल्ने समस्या हुन्छ । आर्सेनिकको मात्रा पानीमा भेटिए यसले क्यान्सर गराउने जोखिम हुन्छ । पानीको गुणस्तर परीक्षण नगर्दा जनस्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न हुन सक्छ। विशेषगरी विद्यालय र अस्पताल जस्ता संवेदनशील क्षेत्रहरूमा यो अत्यन्त महत्वपूर्ण मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्