विराटनगरमा रथ यात्राको तयारी अन्तिम चरणमा, ४३ स्थानमा रथ विश्राम हुने

<span class='c1'>विराटनगरमा रथ यात्राको तयारी अन्तिम चरणमा,</span> <span class='c2'>४३ स्थानमा रथ विश्राम हुने</span>

विराटनगर । आगामी भदौ ११ गते मंगलबार विराटनगरमा निकालिन लागिएको ५६ औं संस्करणको श्री राधाकृष्ण रथ यात्राको तयारी अन्तिम चरणमा पुगेको छ । श्रीराधाकृष्ण रथयात्रा आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर अब आउने मंगलबार भव्य र सब्य रुपमा रथयात्रा निकाल्नको लागि सम्पुर्ण कार्यहरु पुरा भएको जनाएको हो ।

विराटनगर–१ पोखरीया पानीटङ्की स्थित श्रीराधाकृष्ण मन्दिरबाट भदौ ११ गते मंगलबार दिउँसो ३ः३० बजे निस्कने युगल जोडी रथयात्राको रंगरोगनदेखी रुटको व्यावस्थापनका कार्यहरु भईरहेको रथयात्रा आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

रथयात्रा मन्दिरबाट तीनपैनी मेनरोडबाट ट्राफिक चौक र रोडशेष चौकबाट विराटनगर धरान रोड हुदै बरगाछीबाट पुनः मन्दिरमा पुगेर समापन हुने रेग्मीले बताउनुभयो । करिब ९ किलोमिटरको रुट तय गर्दै ६ घण्टाको अवधिमा रथ यात्राले विर्सजन लिने भएको छ ।

यसपटकको रथको मध्यभागमा युगलजोडी भगवान् श्रीराधाकृष्णलाई आरूढ गराई ५ जना पंडितको समुह, प्राविधिक १ जना, कमिटिको तर्फबाट १ जना गरी ७ जना रथमा रहने व्यवस्था गरिएको छ । उक्त रथको अग्र भागमा विभिन्न जातजाती, सम्प्रदाय, धर्म एवम् संस्कृति झल्कने झाँकी एवम् भजन मण्डलीहरूको ताँती रहने जनाइएको छ ।

रथ यात्रामा प्रयोग गरिने रथ पेगोडा शैलीमा बनाईको छ जसको लम्वाई २२ फिट, चौडाई १४ फिट र उचाई १८ फिट रहेको छ । यस रथको अग्र भाग जुआबाट ७५ फिट लम्वाईका दायाँ र बायाँ पट्टि फैलिएका लठ्ठा (डोरी) रहने छ । जसलाई दायाँ पट्टिको लठ्ठामा पुरुष भक्तजन र बायाँपट्टिको लठ्ठामा महिला भक्तजनहरूले लठ्ठा समाई उक्त लठ्ठालाई तानी रथ सञ्चालन गर्ने परम्परा रहि आएको छ ।

मन्दिर कार्यसमितिका उपाध्यक्ष नन्दकिशोर राठीले रथयात्रामा व्यवसायीक विज्ञापन माथि प्रतिबन्ध लगाइएको बताउनुभयो । एउटै कम्पनीका दर्जनौं भेष्ट लगाएर रथयात्रामा सहभागिता जनाउदै व्यवसायी उत्पादनको प्रचार प्रसार नगर्न समेत आयोजक समितिले अनुरोध गरेको छ ।
यस वर्षको रथयात्रा समारोहको मुख्य आकर्षण रथले तय गर्ने मार्गमा हेलिकप्टरबाट पुष्ट गुच्छा वर्षाइने कार्यको तयारी भईरहेको समेत मन्दिर कार्य समितिका सचिव कृष्ण कार्कीले जानकारी दिनुभयो । यसपटक रथयात्राको शुभारम्भ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालाले गर्ने जनाइएको छ ।

विराटनगरको श्रीराधाकृष्ण रथयात्रा भारतको जगन्नाथपुरी पछि दक्षिण एसियाकै सबैभन्दा ठुलो रथयात्रा मानिएको छ । यसपटकको रथयात्रामा नेपाल र भारतका ५ लाख भन्दा बढि भक्तजनहरुले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ ।

रथ यी स्थानहरुमा विश्राम गरिने छ :
१) राधाकृष्ण मन्दिरबाट रथ प्रस्थान
२) तीनपैनी चौक
३) धनावत निवास अगाडी
४) शंकरपुर जाने मोड
५) विराटेश्वर महादेव मन्दिर
६) महानगरपालिका चौक
७) गोल्छा चौक
८) वडा प्रहरी कार्यालय
९) सत्यनारायण मन्दिर
१०) सातघुम्ती मोड
११) जैन भवन
१२) लक्ष्मी सनराइज बैंक
१३) जलजला मोड
१४) काली मन्दिर
१५) बाटा गल्ली चौक
१६) पञ्चमुखी हनुमान मन्दिर
१७) राष्ट्रिय वाणीज्य बैंक
१८) कर कार्यालय
१९) ट्राफिक चौक
२०) संसारी माईस्थान
२१) एक्वा पार्क जाने मोड
२२) भूमि प्रशासन चौक
२३) रोडशेष चौक
२४) कलेज मोड
२५) बसपार्क
२६) महेन्द्र चौक
२७) एनआईडोसी भवन अगाडी
२८) सरौचिया चौक
२९) महाबीर रोड चौक
३०) शनिमन्दिर चौक
३१) भाटभटेनी सुपरमार्केट अगाडी
३२) शिवमन्दिर चौक
३३) सत्यनारायण मा.वि.
३४) भृकुटी चोक
३५) बिद्युत प्राधिकरण
३६ ) विराट नर्सिङ होम चौक
३७) मुनालपथ चौक
३८) बरगाछी चौक
३९ ) बासुकीनाथ मन्दिर मोड
४०) शंखरपुर जाने बाटो मोड
४१) दुर्गा चौक
४२) पानी ट्यांकी चौक
४३) राधाकृष्ण मन्दिरमा रथ विश्राम

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्