विराटनगरमा राजमार्गमा सिटी निषेध, दर्ता नभएका होल्डिङ्ग सेन्टरमा

<span class='c1'>विराटनगरमा राजमार्गमा सिटी निषेध,</span> <span class='c2'>दर्ता नभएका होल्डिङ्ग सेन्टरमा</span>

विराटनगर । विराटनगरमा आगामी हप्तापछि सिटी सफारीलाई राजमार्गमा प्रवेश निषेध गर्ने तयारी गरिएको छ । अत्याधिक संख्यामा सिटी सफारी भएपछि शहरको दैनिकी अस्तव्यस्त हुँदै गएको बेला सिटी सफारीमाथि अंकुश लगाउने तयारी गरिएको हो ।

जसका लागि विराटनगर महानगरपालिकामा सिटी सफारीको दर्ता नविकरण भदौभरका लागि खोलिएको छ । दर्तामा आएकाहरुका लागि मात्रै यो नियम कार्यन्वयन हुनेछ । विराटनगरमा दर्ता नभएकाहरुका लागि समेत कडाई गरिने भएको छ । विराटनगरमा दुई हजार पाँचसय सिटी सफारी दर्तामा रहेका छन् । तर, अहिले शहरमा दश हजार सिटी सफारी गुड्ने गरेको अनुमान छ । महानगरपालिका भित्र र बाहिरका सिटी सफारीको चापले अन्य सवारी साधनको आवतजावतमै समस्या बन्दै गएपछि यसको नियन्त्रणमा चौतर्फी चासो बढेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन न्यौपानेका अनुसार भदौ १२ गतेबाट राजमार्गमा सिटी सफारीलाई गुड्न निषेध गरिनेछ । तर, राजमार्ग क्रसिङ्ग गर्नका लागि निश्चित पोइन्टहरु दिइने छ । दर्ता नभएका सिटी सफारीलाई नियन्त्रणमा लिएर होल्डिङ्ग सेन्टरमा राखिने छ । महानगरपालिका भित्रकै भए तिनीहरुलाई दर्ताको अवधी दिइने छ । यदि दर्ता नहुने अवस्था भए त्यसको विषयमा फरक निर्णय लिइनेछ । होल्डिङ्ग सेन्टरमा नगर प्रहरीले सुरक्षा दिनेछन् ।

यसैगरी विराटनगर आसपासबाट दैनिक भित्रने सिटीलाई नाकामै कडाई गरिने छ । नगरका विभिन्न स्थानमा सिटी सफारीको पार्किङ व्यवस्थापन गर्ने अर्को योजना राखिएको छ । पार्किङ क्षेत्र बाहेक सडकमा रोकेर बस्न नपाउने नियम समेत लगाइने भएको छ । राजमार्गमा सिटी सफारी नियन्त्रण गरेपछि विराटनगर बसपार्कदेखि नेमुवासम्म १५ स्थानमा बस पकेट क्षेत्र घोषणा गर्ने तयारी छ । जुन स्थानमा बस पकेट क्षेत्र तोकिन्छ त्यहाँ संभव भएसम्म यात्रु प्रतिक्षालय समेत बनाउने योजना छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विराटनगर महानगरपालिका समेतको पहलमा सडक आवागमनलाई सहज बनाउने योजना अगाडी सारिएको छ । यसमा जिल्ला प्रशासन कार्यालय मोरङले समेत चासो राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्