विराटनगरका फुटपाथको अतिक्रमण हटाउँदैन नगर प्रहरी

<span class='c1'>विराटनगरका फुटपाथको अतिक्रमण</span> <span class='c2'>हटाउँदैन नगर प्रहरी</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाका नगर प्रहरीले फुटपाथ अतिक्रमण र शहरी सौन्दर्य बिगार्ने गरी राखिएका संरचना हटाउन असफल देखिएको छ । मापदण्ड विपरीत राखिएका सामान, सटर र छाप्रोहरू यथावत रहेका छन् । पैदलयात्रीहरूले फुटपाथ अतिक्रमणले हिँड्न कठिनाइ भएको गुनासो गरेका छन्। फुटपाथमा हिँड्न नपाएर सडकमा हिँड्नु पर्ने बाध्यता छ । जुन चुनौतीपूर्ण छ स्थानीय बासिन्दा श्रदा श्रेष्ठले बताइन् ।

नगर प्रहरी प्रमुख राजन पौडेलले भने नियमित रूपमा अनुगमन गरिरहेका छौं । तर, नगर प्रहरीको जनशक्ति कम भएकोले एकै पटक काम गर्न सहज नभएको उनको भनाई छ । एक स्थानको फुटपाथ खाली गराएर अर्को स्थानमा जाँदा व्यापारीहरुले फेरी सामाग्री राख्ने गर्छन्, पौडेलले भने–फुटपाथमा ठेला राखे प्रतिठेला एक हजार जरीवाना गराउने गरेको छ । त्यसरी फुटमाथमा राखिएको मालसामान देखिए नगर प्रहरीले जफत गर्ने गरेको उनले बताए । उनका अनुसार सडक पेटी तथा फुटपाथमा अवरोध हुनेगरी या शहरी सौन्दर्तालाई प्रतिकुल हुने मापदण्ड विपरीत गैरकानुनी तवरबाट राखे कार्वाहिस्वरुप जरीवाना गराईन्छ ।

तर, महानगरका विभिन्न स्थानमा सडकपेटिमा सामाग्री राखेको पाईन्छ । नगरवासलेसमेत महानगरमा नगरप्रहरी भएको अनुभुति नगरेको बताएका छन् । विराटनगरका फुटपाथ हिड्नमिल्ने अवस्थामा छैनन् अझ कुनै स्थानको हिड्न मिल्ने भए त्यसमा सामागग्री राखी अवरोध गरेका हुन्छन् । तरकारी पसल अगाडि, अटोमोबाईल्स अगाडी, होटल अगाडि लगायत अन्य व्यापार व्यावसायीहरुले फुटपाथ अवरुद्ध गनेको देखिन्छ । विराटनगर ९ स्थित पुरानो गुद्री समेत महानगर प्रहरीले पूणर्रुपमा हटाउन असमर्थ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्