चलचित्र ‘वर वधु’को प्रचार प्रसार गर्दै फिल्मको टोली विराटनगरमा

<span class='c1'>चलचित्र ‘वर वधु’को प्रचार प्रसार</span> <span class='c2'>गर्दै फिल्मको टोली विराटनगरमा</span>

विराटनगर । आगामी भदौ १४ शुत्रबारदेखी देशभर प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र वर वधुको कलाकार सहितको टोली विराटनगर आएर फिल्मबारे जानकारी गराएको छ ।
विराटनगरको सिटी सिनेमा हलमा शुक्रबार वर वधुका मुख्य कलाकार सहित फिल्म निर्माण टोलीले १४ गते प्रदर्शनमा आउन लागेको फिल्मबारे जानकारी गराउदै हल सम्म दर्शकलाई पुर्याउन आग्रह गरेका छन् ।

नेपाली सिने जगतमा राम्रै नाम र दाम कमाई सकेका मिलन चाम्सद्धरा निर्देशित वर वधु लभ स्टोरीसँगै कमेडि ड्रामा रहेको चलचित्रले नेपाली चलचित्रप्रेमी दर्शकलाई मनोरञ्जन प्रदान गर्ने आशा गरिएको छ । चलचित्र पत्रकार संघ मोरङ्गको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा निर्देशक मिलन चाम्सले चलचित्रको बारेमा जानकारी गराउँदै नेपाली दर्शकका लागि नयाँ र रोचक कथा प्रस्तुत गरिएको बताए । उनले नेपाल सहित युरोपका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको चलचित्रले नेपाली समाजलाई अन्तर्राष्ट्रिय रूपमा परिचित गराउने विश्वास पनि व्यक्त गरे ।
धेरै समयपछि विराटनगर आईपुगेका कलाकार किरण केसीले आफ्नो ४० वर्ष लामो करियरमा यो चलचित्र एउटा टर्निङ पोइन्ट बन्नेमा आशावादी रहेको बताएका छन् । अभिनेत्री आचल शर्माले विराटनगरले सधैं आफूलाई माया गर्ने गरेको भन्दै यस चलचित्र मार्फत थप माया र साथको अपेक्षा गरेकी छन् ।


वर वधुमा डेव्यु गरेका नव नायक विवेक कर्मचार्यले आफ्नो करियरमा अभिनय गरेको पहिलो चलचित्रमा धेरै मेहनतका साथ काम गरेको र फिल्म हेर्ने दर्शकलाई न्यायको बताएका छन् । आफ्नो पहिलो फिल्म हल सम्म पुगेर हेरिदनको लागी पनि कर्माचार्यले सबैलाई आग्रह गरेका छन् । चलचित्र वर वधु युवा पुस्ताको लागि विशेष अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ । निर्देशक चाम्सले पत्रकार सम्मेलनमा भने, चलचित्रले नेपाली दर्शकलाई मनोरञ्जन दिने मात्र होइन, नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा उचाइमा पुर्‍याउने लक्ष्य पनि राखेको छ ।
सुदिप बरालद्वारा छायांकन गरिएको यो फिल्ममा मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, हिमाल केसीको एक्सन, प्रदीप भारद्वाजको लेखन, रविन्द्र न्यौपाने र अनिस स्याङ्देनको कोरियोग्राफी, सन्तोष लामाको कला निर्देशन, अर्जुन पोखरेलको संगीत छ ।


फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, सृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन र सीता न्यौपानेको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्