विराटनगरको रथयात्रा : मेडियन स्ट्रिप्सका बिरुवा जोगाउन स्वयम् सेवक खटिने

<span class='c1'>विराटनगरको रथयात्रा : मेडियन स्ट्रिप्सका</span> <span class='c2'>बिरुवा जोगाउन स्वयम् सेवक खटिने</span>

विराटनगर । विराटनगरमा कोशी राजमार्ग अन्तर्गत बरगाछी–रोडशेष सडक खण्डको मेडियन स्ट्रिप्स क्षेत्रमा रोपेका बिरुवा संरक्षण गर्न महानगरपालिकाले युवा स्वयम् सेवक टोलि परिचालन गर्ने भएको छ । शहरको सौन्दर्यकरणका लागि भर्खरै रोपिएका बिरुवालाई तारजालीले घेराबेरा गरिएको छ । यद्यपी तारजालीको घेराबेरा नाघेर भित्र प्रवेश गर्न रोक्नका लागि महानगरपालिकाले युवा दस्ता परिचालन गर्ने भएको हो ।

महानगरपालिकाका प्रमुख नागेश कोइरालाले संरक्षणको जिम्मेवारी सबैको भएको बताउँदै भने–हामीलाई रोपेनौं भनेर सबैले खबरदारी गर्नुभयो, योजना बनाएर रोपेका बिरुवा संरक्षणको जिम्मेवारी पनि नागरिकको हुन्छ । उनका अनुसार रोपिएका बिरुवा संरक्षणका लागि महानगरपालिकाको नगर प्रहरीको टिसर्ट लगाएर १५० जना युवा खटाईने छ । जसको नेतृत्व महानगर नगर प्रहरीले गर्नेछ । त्यस बाहेक सुरक्षा संयन्त्रसँग समेत सहयोग लिईने छ ।

विराटनगरमा भाद्र ११ गते राधाकृष्ण रथ यात्रा निकाल्नका लागि महानगरपालिकाले सबै किसिमका सहजीकरण गर्दै आएको छ । जसअन्तर्गत राजमार्ग क्षेत्रमा लगाएका बिरुवा संरक्षणका लागि समेत सबैसँग सहजीकरणको अनुरोध गरिएको हो । तारजाली भित्र कसैलाई पनि प्रवेश नदिन नगर प्रहरीसहितको टोलिले डोरीको सहयोग लिनेछन् । एकसय ५० जना स्वयम् दस्तासहित नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग लिइने सहयोगबाट मेडियन स्ट्रिप्सको सुरक्षा घेरा तयार पारिने मेयर कोइरालाले जानकारी दिएका छन् ।

यसैगरी बजार क्षेत्रमा गमलाका रोपिएका बिरुवाहरु संरक्षणका लागि समेत आम व्यापारीसँग अनुरोध गरिएको छ । तीनपैनीदेखि रोडशेषचौकसम्मका व्यापारीसँग आफ्नो पसल अगाडी गमलामा भएका धुपी तथा अन्य कुनैपनि बिरुवा भए भरसक पसल भित्र राखेर संरक्षण गरिदिन प्रमुख कोइरालाले आग्रह गरेका छन् । उनले सहर भित्रको हरियालीले दिर्घकालिन रुपमा पार्ने सकारात्मक प्रभावलाई सबैले शिरोपर गरिदिन आग्रह समेत गरेका छन् ।

महानगरपालिकाले मेडियन स्ट्रिप्सको बिरुवा संरक्षण गर्ने योजना बनाएपनि सडक पेटीमा रोपिएका बिरुवाको विषयमा मौन देखिएको छ । मेयर कोइरालाले पहिलो प्राथमिकता मेडियनका बिरुवा जोगाउने रहेको बताए तर सडक पेटीमा पारुल क्षेत्रीहरुको समूहले रोपेको बिरुवा समेत जोगाएर राख्न व्यापारीहरुसँग अपिल गरिएको छ । यदि बिरुवाको माया छ भने जसको घर अगाडी लगाइएको छ, उहाँहरु आफैं निस्केर बिरुवाको नजिक उभिनु हुनेछ, उनले भने–बिरुवा जोगाउने अभियानमा हामीले यो वर्ष सचेत हुनुपर्छ, आगामी वर्ष जागिसकेपछि धेरै समस्या हुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्