विराटनगर इन्टरनेसनल कलेजमा “फुटुरामा २०२४” सम्पन्न

<span class='c1'>विराटनगर इन्टरनेसनल कलेजमा</span> <span class='c2'>“फुटुरामा २०२४” सम्पन्न</span>

विराटनगर-६ स्थित विराटनगर इन्टरनेसनल कलेजमा "फुटुरामा २०२४" कार्यक्रम सम्पन्न भएको छ । कलेजमा शनिबार आयोजित कार्यक्रममा १४ सय बढीको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कलेजले आइएनजी स्किल एकेडेमीसंगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा विश्वमा चर्चामा आइरहेका एआई, डाटा साइन्स, थ्री डी प्रिन्टिंङ, रोबोटिक्स लगायतका बिषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो भने उक्त कार्यक्रममा कलेजका बिद्यार्थीले सुरु गरेका स्टार्टअपको बारे पनि स्टल राखेर जानकारी गराइएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले बिजनेस प्रोजेक्टहरु समेत प्रदर्शन गरेका थिए । मनोरञ्जनका लागि कलेजमा युवा पुस्तामाझ लोकप्रिय नेपाली सांगीतिक ब्याण्ड "पूर्ण राई र दाजुभाइको" प्रस्तुति समेत आयोजना गरिएको थियो । कलेजले बिभिन्न समयमा यस्ता जानकारी मुलक कार्यक्रम आयोजना गर्दै आएको छ ।

कलेजले विराटनगरमा आफ्नो स्थापनाकाल को सफल १० बर्ष पुरा गरिसकेको छ भने कलेजमा यसबर्षबाट "बिआइटी" कम्प्युटर साइन्स कोर्ष संचालनमा आएको छ । कलेजले वेलायतको वल्भरह्याम्प्टन विश्वविधालयको सहकार्यमा कोर्ष संचालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्