रथ यात्रामा पानी वितरण गर्न ५६ समूहले लियो अनुमति

<span class='c1'>रथ यात्रामा पानी वितरण गर्न</span> <span class='c2'>५६ समूहले लियो अनुमति</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी मंगलबार हुने रथयात्रामा सरसफाईलाई ध्यानमा राख्दै सर्वत तथा पानी वितरण गर्ने समूहले अनिवार्य अनुमति लिनुपर्ने नियम लगाएको थियो । त्यसका आधारमा सर्वत तथा पानी वितरण गर्नका लागि ५६ वटा समूहले अनुमति लिएका छन् । महानगरपालिका सफाई शाखाका प्रमुख पुनम दाहालका अनुसार पानी तथा सर्वत वितरणका लागि अनुमति लिने समय सोमबार साँझसम्म राखिएको छ ।

यस वर्ष सरसफाई र व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ । महानगरपालिकाको सरसफाई शाखा प्रमुख दाहालका अनुसार रथयात्राको क्रममा सर्बत, पानी लगायतका वस्तु वितरण गर्न चाहने संस्था वा व्यक्तिहरूले अनिवार्य रूपमा पूर्व अनुमति लिएर स्टल राख्नुपर्ने र त्यहाँको फोहोर समेत व्यवस्थापनमा सहयोग गर्नुपर्नेछ ।

गत वर्षहरूमा देखिएको अव्यवस्थित र जथाभावी वितरणलाई नियन्त्रण गर्न यो नियम लागू गरिएको हो । जथाभाभि वितरण गर्दा फोहोर हुने र सरसफाई नगरी छोडिने भएकोले यस पटक यस्तो व्यवस्था गरीएको सरसफाई शाखा प्रमुखले बताए । उनले भने यसले सरसफाई कायम राख्न र भीड व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ । यस नियमले गर्दा रथयात्रामा सहभागी हुने भक्तजनहरूलाई स्वच्छ र सुरक्षित वातावरण प्रदान गर्न सहज हुने विश्वास गरिएको छ । साथै फोहोर व्यवस्थापन र सडक सरसफाईमा पनि सहजता आउने अपेक्षा गरिएको छ।महानगरपालिकाले सम्बन्धित संस्था र व्यक्तिहरूलाई समयमै अनुमति लिन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्