रथयात्राका क्रममा ज्येष्ठ नागरिक र बालबालिकाको ख्याल राख्न मेयर कोइरालाको आग्रह

<span class='c1'>रथयात्राका क्रममा ज्येष्ठ नागरिक र बालबालिकाको</span> <span class='c2'>ख्याल राख्न मेयर कोइरालाको आग्रह</span>

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा मंगलबार निकालिने ऐतिहासिक राधाकृष्णको रथयात्रामा सभ्य र भव्य हुने विश्वास व्यक्त गरेका छन् । रथयात्राको सफलताको शुभकामना दिँदै मेयर कोइरालाले विराटनगरको प्रतिष्ठासित जोडिएको रथयात्रालाई भव्य र सभ्य बनाउनु हरेक विराटनगरवासीको कर्तव्य भएको बताउँदै सबैलाई सहभागीताका लागि अनुरोध गरेका हुन् ।

रथयात्रामा सहभागी हुने ज्येष्ठ नागरिक र बालबालिकाप्रति विशेष ख्याल राख्न मेयर कोइरालाले आग्रहसमेत गरेका छन् । ‘यस रथयात्रालाई विराटनगर महानगरपालिकाले विशेष महत्वका साथ लिने गरेको छ । रथयात्रालाई सफल बनाउन महानगरपालिकाका तर्फबाट आयोजक समितिले आवश्यक ठानेका सबै किसिमका सहयोग उपलब्ध गराउँदै आएको जानकारी गराउन चाहन्छु,’ शुभकामना सन्देशमा भनिएको छ ।
‘५६ औं संस्करणका रुपमा आज निकालिन लागिएको रथयात्राले आपसी सद्भाव, एकता र सहिष्णुतालाई थप कसिलो बनाउँदै विराटनगरलाई सफा, सुन्दर, हरियाली, विकसित र व्यवस्थित महानगरपालिका बनाउन सबैमा उत्प्रेरणा जागृत होस् ।’ शुभकामनामा मेयर कोइरालाले थ पभनेका छन् ।

नेपाल बहुभाषी र बहुसांस्कृतिक मुलुक भएको बताउँदै यहाँ विभिन्न धर्म, सम्प्रदाय तथा संस्कार र संस्कृतिहरू अस्तित्वको उल्लेख गरेका छन् । एकअर्काको संस्कार र संस्कृतिको कदर गरी मिलेर बस्नु नेपालीहरूको मुख्य विशेषता भएको बताउँदै कोइरालाले विराटनगर उक्त सबै विशेषता अटाउने सहर भएको दाबी गरेका छन् । ‘सानो क्षेत्रफलभित्र विभिन्न जाति, भाषा, धर्म, संस्कृतिलाई अंगिकार गर्ने समुदाय बसोबास गर्दछ । विराटनगरलाई विविधतामा एकता भएको सहरका रुपमा लिन सकिन्छ,’ मेयर कोइरालाको सन्देशमा भनिएको छ, ‘नेपालभित्र मनाइने विभिन्न चाडपर्व र उत्सवले आपसी सद्भाव र एकतालाई थप बलियो बनाउने गरेको छ । राधाकृष्णको रथयात्राले पनि आपसी सद्भाव र एकतालाई अझै प्रगाढ बनाउँदै लगेको मैले महसुस गरेको छु ।’
कोइरालाले महङ्गा गरगहना नलगाउन हुन, आफ्ना सामानको सुरक्षा गर्न, विराटनगर सौन्दर्यकरण अभियानअन्तर्गत रोपिएका फूल र विरुवाको संरक्षण गर्नसमेत विशेष आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्