कोशी अस्पताल विराटनगर पुगेपछि आफ्नै सुधार घोषणाको भद्रगोलमा फसे स्वास्थ्यमन्त्री प्रदिप पौडेल

<span class='c1'>कोशी अस्पताल विराटनगर पुगेपछि आफ्नै सुधार</span> <span class='c2'>घोषणाको भद्रगोलमा फसे स्वास्थ्यमन्त्री प्रदिप पौडेल</span>

विराटनगर । गत ३१ असारमा संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएपछि प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा लाइन लाग्ने अवस्थामा सुधार गर्ने बताएका थिए ।

उनले कुराभन्दा काम गर्न आफू आएको दावी गर्दै ‘एक महिनाभित्र संघीय सरकार मातहतका सरकारी अस्पतालमा लाइन लाग्न नपर्ने अवस्था बनाउनेछौँ’ भनेका थिए । ‘व्यवस्थित स्वास्थ्य सुविधा अघि बढाउनेछौँ । धेरै ठूला काम कति गर्न सक्छौँ थाहा छैन तर सान–साना कुरा अघि बढाउँछौँ ।’ भनेर गरेको घोषणा ढेड महिनापछि कोशी अस्पताल विराटनगर आईपुग्दा उनी आफैं लाइनको भीडमा फसेका छन् ।

कोशी अस्पतालमा भक्तपुृर क्यान्सर अस्पतालको सेवा विस्तार गर्ने कार्यक्रमको शुभारम्भ गर्न उनी विराटनगर आएका थिए । त्यस क्रममा ओपीडी ब्लकको नाम दर्ता गर्ने ठाउँमा पुगे । त्यसपछि उनी रनभुल्लमा फसेनन् मात्रै उनलाई सेवाग्राहीले टोकन प्रणाली कार्यन्वयनमा ल्याएपनि लाइन बस्नुपर्ने झन्झट नहटेको गुनासो नै पोखे । उनी सरकारी अस्पतालको सेवा नागरिकमैत्री भयो की भएन भनेर गरिएको अनुगमनले उनलाई माथि बसेर गरेको निर्णय तल कार्यन्वयन नभईरहेको अनुभूति गराईदियो ।

मन्त्री भएकै दिन उनले राष्ट्रिय क्यासर रोग निवारण रणनीति स्वीकृत गर्ने पहिलो निर्णय गरेका थिए । त्यसपछि एक महिना भित्रमा संघीय सरकार मातहत रहेका सरकारी अस्पतालमा सेवाग्राही लाइन बस्नुपर्ने बाध्यता हटाउने भनेका थिए । तर, कोशी अस्पताल विराटनगरको भद्रगोलता भित्र उनको घोषणा बिलिन हुने स्थितिमा उनी आफैं बिहीबार फसेका छन् ।

अनुगमनपछि भक्तपुर अस्पताल र कोशी अस्पतालबीच क्यान्सर रोग उपचार सेवा विस्तार सम्झौता कार्यक्रममा उनले भद्रगोल व्यवस्थापप्रति अस्पताल विकास समिति र मेडिकल सुपरिटेन्डेन्टलाई घुमाउरो पारामा गाली गरे । उनले साना कुरा पनि सुधार गर्न नसक्ने फस्ट बेन्चर नहुने बताए । उनले चिकित्सकहरु समाजका फस्ट बेन्चर भएको बताउँदै भने–अनलाइन प्रणालीबाट सेवाग्राहीलाई सुविधा दिन मिल्दैन वा सकिएन भन्न नमिल्ने बताए । तत्काल अनलाइन प्रणालीबाट नाम दर्ता गर्ने, रसिद काट्ने सेवा कार्यान्वयनमा ल्याउन निर्देशन समेत दिए । उनले पुरानो भवन भएको देखाएर छुट लिन नमिल्ने बताउँदै व्यवस्थापनको दायित्व पुरा गर्न अनुरोध गरे । भने–मेरो निर्देशन हैन आग्रह हो अरुका लागि नमूना बन्नुपर्छ कोशी अस्पताल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्