कोशीमा भक्तपुर क्यान्सर अस्पतालको सेवा विस्तार

<span class='c1'>कोशीमा भक्तपुर क्यान्सर</span> <span class='c2'>अस्पतालको सेवा विस्तार</span>

विराटनगर । कोशी अस्पताल विराटनगरमा क्यान्सर उपचार सेवा विस्तार गरिएको छ । भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोग रहने गरि कोशी अस्पतालमा क्यान्सर रोगीहरुको उपचार सेवा सुरु गर्न दुई पक्षीय सम्झौतामा बिहीबार हसताक्षर गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, सचिव डा.रोशन पोखरेलको उपस्थितिमा भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक ठा.उज्ज्वल चालिसे र कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रबिनराज सिंहबीच सेवा विस्तार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकसहितको टोलिले कोशी अस्पतालमा महिनाको एक दिन सेवा दिनेछन् । त्यस वापतको यातायात तथा खाजा खर्चको व्यवस्थापन कोशी अस्पतालले गर्नुपर्नेछ । बहिरङ्ग, अन्तररङ्ग एवं उपचार सेवा बिरामीले पाउने छन् । जसका लागि कोशीमा क्यान्सर रोगको उपचार सेवाका लागि आवश्यक वातावरण तयार पार्ने, सेवाग्राहीलाई सेवा बारे जानकारी गराउने, कोशीको पूर्वाधार, औजार, उपकरण र जनशक्ति परिचालन गरिने उल्लेख छ ।

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक चालिसेका अनुसार कोशीमा बिरामी चापको आवश्यकता हेरेर सेवामा सहजीकरण गरिने छ । उनका अनुसार क्यान्सरमा एकै विधाका चिकित्सकले सबै कुरा हेर्न नसक्ने भएकोले बिरामीको अवस्था र आवश्यकता अनुसार चिकित्सकहरु आउने बताएका छन् । कार्यक्रममा मन्त्री पौडेलले क्यान्सर रोगमा सरकारले गर्ने सहयोगलाई व्यापक बनाउने तयारी स्वरुप पाँचलाखको स्वास्थ्य बीमा कार्यक्रम कार्यन्वयनमा ल्याउन चाहेको बताए ।

उनले त्यसका लागि स्वास्थ्य सेवा कर लाग्ने क्षेत्रबाट निश्चित रकम जम्मा गर्न लगाउने बताए । यसैगरी स्वास्थ्य सेवालाई जसरी पनि नागरिकको पहुँचयोग्य बनाउनका लागि सरकारले तत्काल गर्नसक्ने कार्यक्रमहरु कार्यन्वयनमा ल्याउन चाहेको बताए । मन्त्री पौडेलले नेपाल बिद्युत प्राधिकरणलाई अस्पतालको बिद्युत बक्यौता आधा मिनाहा गरिदिन अनुरोध गरेर सेवा विस्तार गर्न चाहेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्