घर भएको जग्गा अर्कैको नाममा, जसको ५० बिघा छ उसैलाई चाहियो ऐलानी

<span class='c1'>घर भएको जग्गा अर्कैको नाममा, जसको</span> <span class='c2'>५० बिघा छ उसैलाई चाहियो ऐलानी</span>

विराटनगर । कटहरीका जगन राय ७५ वर्षदेखि बस्दै आएको जग्गा सँधियारले आफ्नो नाममा पारेपछि उनको बिचल्ली भएको छ । २०२४ सालको फिल्डबुक, तिरो तिरेको रसिद उनको साथमा छ । साविक कटहरी ७ (हाल कटहरी ४) को सिट नम्बर १७८–०६६७, कित्ता नम्बर ७६ मा २६५ बर्गमिटर जग्गा रायले भोगचलन गर्दै आएका हुन् ।

ऐलानी जग्गामा उनले यति लामो समय जीवन गुजारेका थिए । र, उनी सुुकुम्वासी पनि हुन् । तर, उनका सँधियार सिर्जना कोइरालासहित अन्य केहिको मिलेमतोमा नापी र मालपोतका कर्मचारीलाई पैसा खुवाएपछि राय बसोबास गर्दै आएको जग्गाको नयाँ कित्ता सिर्जना गरेर आफ्नो नाममा लगेको खुलेको छ ।

पीडित रायले आइतबार नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार विराटनगरवासी कोइरालाको कटहरीमा ५० बिघा जग्गा छ । रायसँग समेत जग्गाको सँधियार रहेकी कोइरालाले बाँकी दुई सँधियार राजेन्द्र र रामप्रसाद कामतलाई साथमा लिएर जग्गा हडपेको आरोप छ । कित्ता नम्बर ७६ को २६५ बर्गमिटर जग्गा १३४, १३५ र १३६ नम्बरमा कित्ताकाट भएको हो । जसमध्ये १३६ कत्तिामा २४० बर्गमिटर राखेर कोइरालाले आफ्नो नाममा पारेकी पीडितले गुनासो गरेका छन् । कित्ता नम्बर १३४ मा ००२०–०० बर्गमिटर राजेन्द्र कामत र कित्ता नम्बर १३५ मा ०००५०–०० वर्गमिटर जग्गा रामप्रसाद कामतको नाममा लगिएको छ ।

कामतहरु समेत सँधियार रहेका कारण उनीहरुलाई समेत साथमा लिएर कोइरालाले राय बस्दै आएको ऐलानी जग्गा आफ्नो बनाएको खुलेको छ । यसमा वडा कार्यालयदेखि गाउँपालिकासम्म कर्मचारीको समेत मिलेमतो र संलग्नता रहेको आशंका गरिएको छ । भोगचलन गर्दै आएको जग्गा अर्कैको नाममा गएपछि राय अहिले न्याय माग्दै हिडिरहेका छन् । उनलाई सहयोग गर्नेहरुले भने यसलाई अनुसन्धान गर्नका लागि राज्यका अख्तियार लगायतका निकायमा जान सुझाव दिएका छन् । त्यसका लागि रायले विगतमा तिरो तिरेको रसिद, २०२४ सालकै फिल्डबुक, नक्सासहितका कागजात तयार पारिसकेको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्