विराटनगरको एक स्कुलकी विद्यार्थीले दोस्रो तल्लाबाट हाम फाल्दा गम्भिर घाईते

<span class='c1'>विराटनगरको एक स्कुलकी विद्यार्थीले दोस्रो</span> <span class='c2'>तल्लाबाट हाम फाल्दा गम्भिर घाईते</span>

विराटनगर । विराटनगर महानगरपालिका ३ पोखरीया मावी स्कुलकी एक छात्राले स्कुलको २ तल्ले भवनबाट हाम फाल्दा गम्भिर घाईते भएकी छिन् ।

कक्षा १० मा अध्ययनरत १६ बर्षकी संगिता मुर्मुले सोमबार बिहान हाम फालेको स्कुलका प्राचार्य खेमराज भट्टराईले जानकारी दिए । उनको अहिले विराटनगर स्थित नोबेल हस्पिटलमा उपचार भईरहेको जनाएको छ । उनको अवस्था बाहिर चोटपटक नलागे पनि भित्री चोटपटक के छ भन्ने विषयमा थप रिर्पोटहरु आएपछि मात्रै थाहा हुने अस्पतालका चिकित्सकले बताए ।

विराटनगर १ भट्टाचौक घर भएकी मुर्मुले यस अघि पनि स्कुलका शिक्षक शिक्षिका र साथीहरुलाई हाम फाल्ने धम्की दिने गरेको बुझिएको छ । संगिताका बुबाले छोडेर गएको र आमा गितादेवी मुर्मुसँग बस्दै आएकी उनी मानसिक समस्या रहेको स्कुल प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्