विराटनगरका यी पाँच स्थानमा ट्राफिक लाईट जडान हुँदै

<span class='c1'>विराटनगरका यी पाँच स्थानमा</span> <span class='c2'>ट्राफिक लाईट जडान हुँदै</span>

विराटनगर । विराटनगरका विभिन्न पाँच स्थानमा ट्राफिक लाइट जडानको कार्य सुरु भएको छ।

७७ लाख रुपैयाँको लागतमा विराटनगरको कञ्चनबारी,घाँस चौक,रोडशेष, जलजला चौक र तिनपैनी चौकमाट्राफिक लाइट जडानको कार्य सुरु भएको हो।

ट्राफिक लाइट जडान गर्न ई थ्रि यार्सा जे.भी. काठमाडौंलाई ठेक्का दिएको विराटनगर महानगरपालिकाले जनाएको छ। महानगरको गुरुयोजनामा विराटनगर विभिन्न ७ स्थानलाई समेटिएको छ । ती मध्ये हाल पाँच स्थानमा जडान गरिदै छ । पहिलो चरणमा कञ्चनबारी,घाँस चौक,रोडशेष, जलजला चौक र तिनपैनी चौकमा ट्राफिक लाइट जडान हुदैछ । हाल खम्बा गाड्ने कार्य धमाधम भईरहेको छ । बजेटको सीमाका कारण पहिलो चरणमा पाँच स्थानमा मात्रै ट्राफिक लाइट जडान भएको महानगरले जनाएको छ।

कोशी प्रदेशको एक मात्रै महानगरपालिका हुनुका साथै प्रदेशको राजधानी पनि भएका कारण पछिल्लो समय विराटनगरमा ट्राफिक व्यवस्थापन चुनौतीका रुपमा देखिएको छ । बढ्दो जनघनत्व, सवारी चापलगायतले ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको थियो । प्रमुख चोकमा ट्राफिक लाइट जडानपछि ट्राफिक व्यवस्थापनमा निकै सहयोग पुग्ने विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको भनाइ छ ।

उक्त ट्राफिक लाइट जडानको कार्य २०८१ साल असोज मसान्तसम्म सकिने महानगरको दाबी छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार, विराटनगर महानगरपालिकाभित्र दैनिक करिब ९५ हजार सवारी साधन गुड्ने गरेका छन्। यी सवारी साधनको व्यवस्थापनका लागि दैनिक ४० जना ट्राफिक प्रहरी खटिने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए। बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ३:३० बजेदेखि बेलुका ६ बजेसम्मको समयमा विराटनगरको सडक अत्यधिक व्यस्त हुने गरेको छ। यस समयमा लामो जाम र दुर्घटनाको जोखिम समेत बढेको ट्राफिक प्रहरीले जनाएको छ।

महानगरले ट्राफिक लाइट जडान गरेपछी विराटनगरको छ स्थानमा ट्राफिक लाइट हुने छ। जसले ट्राफिक व्यवस्थापनमा समेत सहज हुने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्