विराटनगरमा करेन्ट लागेर एक जनाको मृ*त्यु

<span class='c1'>विराटनगरमा करेन्ट लागेर</span> <span class='c2'>एक जनाको मृ*त्यु</span>

विराटनगर । विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

शनिबार साँझ करेन्ट लागेर विराटनगर–४ इक्राहीका ५२ वर्षीय अवधनारायण मोदीको मृत्यु भएको हो।

मोदीलाई आफ्नै धान कुट्ने मिलमा करेन्ट लागेर गम्भीर घाइते भएको अवस्थामा फेला पारिएको थियो। धान कुट्न गएकाहरूले मिलमै लडिरहेको देखेर साँझ ६:४५ बजेतिर परिवारका सदस्यलाई खबर गरेका थिए । गम्भीर घाइते अवस्थाका मोदीलाई तत्काल उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याउन साथ चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । मिलको बल्ब परिवर्तन गर्ने क्रममा मोदीलाई करेन्ट लागेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।

घटना बारेमा थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्