छापिएन पुस्तक ‘हाम्रो विराटनगर’ : विज्ञले पाठ्यक्रम बनाए–विद्यालयले पढाए, छैन विद्यार्थीसँग किताब

<span class='c1'>छापिएन पुस्तक ‘हाम्रो विराटनगर’ : विज्ञले</span> <span class='c2'>पाठ्यक्रम बनाए–विद्यालयले पढाए, छैन विद्यार्थीसँग किताब</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले स्थानीय पाठ्यक्रम अन्तर्गत “हाम्रो विराटनगर“ विषयको किताब अनिवार्य रूपमा पठनपाठन गराउने निणर्य गरेको छ। तर, कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरू पुस्तक बिनै पढ्न बाध्य छन् । महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख राम ढुंगेलका अनुसार विज्ञको समूहले पुस्तक तयार गरिरहेको छ। महानगरभित्र सामुदायिक र संस्थागत गरी ५० हजारभन्दा बढी विद्यार्थीहरू छन्। सबै विद्यार्थीका लागि किताब छापिने योजना रहेको हो।

पुस्तक छपाइका लागि २५ लाख बजेट छुट्याइएको छ। शैक्षिक सत्र २०७७ सालदेखि यो पाठ्यक्रम लागू गरिएको भए पनि अहिलेसम्म पुस्तक उपलब्ध हुन सकेको छैन। सामुदायिक विद्यालयले यो पुस्तक निःशुल्क पाउने छन् भने संस्थागत विद्यालयले शुल्क तिरेर खरिद गर्नुपर्ने हुनेछ। शैक्षिक महाशाखा प्रमुखका अनुसार यही आर्थिक वर्षमा पुस्तकको छपाई कार्य सम्पन्न हुने अपेक्षा गरिएको छ।

नेपालको संविधानले पालिकाहरूलाई पनि स्थानीय पाठ्यक्रम तयार पार्न सक्ने अधिकार दिएको छ । सोही अधिकार प्रयोग गर्दै विराटनगर महानगरपालिकाले महानगरभित्र सञ्चालित विद्यालयमा ‘हाम्रो विराटनगर’ विषयको पठनपाठन अनिवार्य गरेको छ । उक्त पुस्तक अहिलेसम्म विद्यार्थीले पाउन नसक्दा पढाईमा समस्या हुँदै आएको छ । अभिभवकले समेत विद्यालयले पुस्तक उपलब्घ नगराएको विषयमा गुनासो गरेका छन् ।

शैक्षिक सत्र २०७७ सालदेखि स्थानीय पाठ्यक्रम अनुसार महानगरमा ‘हाम्रो विराटनगर’ विषयको पठनपाठन कक्षा १ देखि ८ सम्म अनिवार्य गरिएको छ । तर, विद्यार्थीहरूले भने उक्त पाठ्यपुस्तक देख्न पाएका छैनन् । प्रारम्भमा कक्षा १ देखि ३ सम्मबाट स्थानीय पाठ्यक्रम लागू गरेको महानगरले चालु शैक्षिक सत्रमा कक्षा ८ मा पनि पाठ्यक्रम अनिवार्य लागू गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्