विराटनगरको हिमालय रोडमा मेला–महोत्सव गर्न दिए आगो लगाउने चेतावनी

<span class='c1'>विराटनगरको हिमालय रोडमा मेला–महोत्सव गर्न</span> <span class='c2'>दिए आगो लगाउने चेतावनी</span>

प्रेम देवान
विराटनगर । विराटनगर–९ स्थित हिमालय रोडमा कुनैपनि मेला महोत्सव नगर्न र नलगाउन स्थानीय व्यापारीहरुले माग गरेका छन् । आफुहरुको मागलाई वेवास्ता गरे मेला महोत्सवमा लगाईएका टेन्टहरुमा आगो लगाउने चेतावनी दिइएको छ ।

हुन त जबदेखी हिमालय रोडलाई सौन्दर्यकरण गर्न सुरु भयो, त्यसबेला देखी विवादै विवाद रहँदै आएको छ । केही समय अगाडी हिमालय रोडका स्थानीय पुस्तक व्यावसायी लगायत अन्य व्यापारीहरुले चर्को आन्दोलन नै गरेका थिए।

कालो ब्यानर सहित सडकको पूर्व–पश्चिम प्रवेश गर्ने ठाँउलाई बन्द गरेर लामो समय सम्म आन्दोलन गरेका थिए । तर, जति नै आन्दोलन गरे पनि त्यहाँ निर्माण गर्न सारिएको योजना अनुसारकै संरचना बन्यो । बरु आन्दोलनमा उत्रिएका व्यापारीहरु भने आफै थाके । त्यसपछि आन्दोलन बिचैमा केही समयको लागी सेलायो । तर अहिले फेरी ती नै व्यापारीहरु जागेका छन् । उनीहरु जाग्नुको पछाडी आफ्ना पसल अगाडी मेला महोत्सव गर्न नहुने माग राख्दै विराटनगर महानगरपालिकालाई हारगुहार गरिरहेका छन् । आईतबार हिमालय रोडका स्थानीय व्यापारीहरु भेला भई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले हिमालय रोडमा कुनै पनि प्रकारका मेला महोत्सव गर्न नदिनको लागी आग्रह गरेका हुन् ।

यहि असोज १७ गतेदेखी २३ गतेसम्म विराट सडक महोत्सव आयोजना गर्ने तयारी रहेको थियो । विराटनगरका युवा जतिन ताम्राकारको समूहले हरेक बर्ष उक्त स्थानमा दशैं लक्षित यस्ता महोत्सव गर्दै आएको छ । मेला लगाउनको लागी यस अघि नै पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी समेत गराईसकेको छ । शनिबार मात्रै विराट सडक महोत्सवको टिम र विराटनगर महानगरपालिकाको सरसफाई टिमले हिमालय रोडमा सर सफाईसँगै बिरुवामा रंगरोगन गर्ने काम गरिसकेको छ । मन्जिना मुभिज प्रालिका निर्देशक ताम्राकारले हिमालय रोडका व्यापारीको व्यापारमा असर नगर्ने गरी महोत्सव आयोजना हुने बताएका छन् ।
सडक छेकेर मेला आयोजना गर्न नहुने तर्क स्वतन्त्र रुपमा समेत उठ्दै आएको छ । विराटनगरका अगुवा अभियन्ता उद्धव बहादुर केसी उर्फ बुरा महानगरले राजमार्ग तथा सडक छेकेर मेला महोत्सव गर्न नपाईने बताए । उनले हिमालय रोडमा दशैंमा मेला लाग्ने आगो लगाउनुपर्ने अवस्था आउने बताए ।

मेलामा विभिन्न परिकार पकाउँदा त्यसको धुवाँले प्रत्यक्ष असर पार्नेदेखी अवातजावतमा समेत समस्या हुने भएकाले अन्यत्र स्थानमा सार्नुपर्ने माग व्यापारीको छ । मेलामा बजाईने चर्को आवाजका म्यूजिक, विभिन्न माछामासु पकाएका गन्धले दैनिक व्यापार व्यावसाय गर्ने हामी व्यापारीहरुलाई ठुलो असर पर्ने स्थानीय व्यापारी अजय दाहालको गुनासो छ ।
विराटनगर महानगरपालिका प्रमुख नागेश कोईरालाका अनुसार मेला आयोजा गर्न दिने नदिने भन्ने विषयमा आफ्नो मात्रै एकल निर्णयमा भर नपर्ने बताए । उनले विवादित विषय कार्यपालिकाको बैठकमा लगेर निर्णय गर्ने जानकारी दिए । ‘मेला आयोजना गर्न लागेको समुह पनि विराटनगरवासी नै हुन् उनलाई पनि असर नहुने हिसाबले एक चरणमा हामी कार्यपालिका बैठक बस्छौँ अनि मात्र यसको ठोस निर्णय निस्कनेछ ।’मेयर कोइरालाले भने ।

तत्कालिन मेयर भीम पराजुलीको पालामा विभिन्न कार्यक्रम सञ्चालनका लागि स्टेज तथा हरियाली पार्क , फाउन्टेन वाटरपार्क र जनचेतनामुलक तथा सडक नाटक लगायतका कार्यक्रम सञ्चालन साथै दुईचक्के सवारीसाधनका लागि पार्किङ क्षेत्र बनाईने योजना सहित अगाडी बढाइएको थियो ।
विराटनगरकै कला विल्र्डसले १ करोड ८३ हजार २७२ रुपैयाँमा योजनाको ठेक्का लिएर सम्पुर्ण निर्माण कार्यलाई अगाडी बढाएको थियो । तर आज विराटनगरको हिमालय रोडको सौन्दर्यकरण पछिको सधै विवादस्पद बन्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्