मोरङ कारागारका एक कैदीको कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु

<span class='c1'>मोरङ कारागारका एक कैदीको कोशी</span> <span class='c2'>अस्पतालमा उपचारका क्रममा मृत्यु</span>

विराटनगर । मोरङ कारागारमा रहेका एक कैदीको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको छ ।

बेलबारी नगरपालिका–४ घर भएका ३४ वर्षीय मनिकुमार तामाङको आइतबार बिहान मृत्यु भएको हो । जिल्ला कारागार मोरङका जेलर चेतराज बरालका अनुसार तामाङविरुद्ध पाँच वटा जिल्ला अदालतमा मुद्दा चलिरहेको थियो । एउटा मुद्दा भने किनारा लागेको थियो । खुट्टा सुन्निने र मुटु सम्बन्धी समस्या भएका उनलाई उपचारका लागि २० भदौको साँझ कोशी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

मोटरसाइकल चोरीको आरोप लागेका तामाङविरुद्ध मोरङ, झापा, सुनसरी, इलाम र धनकुटामा चोरीको कसूरमा मुद्दा विचाराधीन थियो । मोरङ जिल्ला अदालतमा दर्ता भएको दुई मुद्दामध्ये एउटा मुद्दामा ४ महिना कैद र १५ हजार रूपैयाँ र अर्को मुद्दामा १ लाख रूपैयाँ धरौटी माग भएको थियो । धरौटीबापतको रकम बुझाउन नसकेपछि तामाङ २०८० माघ २१ गतेदेखि मोरङ कारागारमा थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्