ब्राउन सुगर सहित विराटनगरकी एक महिला कानेपोखरी बजारमा पक्राउ

<span class='c1'>ब्राउन सुगर सहित विराटनगरकी एक</span> <span class='c2'>महिला कानेपोखरी बजारमा पक्राउ</span>

विराटनगर । प्रतिबन्धित लागुऔषध सहित विराटनगरकी एक महिला मोरङको कानेपोखरीबाट पक्राउ परेकी छन् । विराटनगर महानगरपालीका ११ बस्ने ३७ बर्षिया सविता तामाङ लागुऔषध ब्राउन सुगर सहित कानेपोखरी ७ बजारबाट पक्राउ परेकी हुन् ।

इलाका प्रहरी कार्यालय पथरीबाट खटीएको टोलीले चेकजाँच गर्ने क्रममा तामाङको साथबाट ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १०० ग्राम फेला पारी नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।
तामाङलाई मोरङ जिल्ला अदालतबाट दिन ५ दिनको म्याद थप गरी अनुसन्धानलाई अगाडी बढाइएको इलाका प्रहरी कार्यालय पथरीका डिएपी मोहन विक्रम दाहालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्