कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की आमरण अनसन बस्ने

<span class='c1'>कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की</span> <span class='c2'>आमरण अनसन बस्ने</span>

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनसन बस्ने घोषणा गरेका छन्।

सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेश सभा भवन अगाडि मंगलबार दिउँसो ४ बजेदेखि आमरण अनसन बस्ने घोषणा गरेका हुन् ।

कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष विभिन्न ९ वटा माग राख्दै आइतबार ४८ घण्टाको अल्टिमेटम दिएका थिए । कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई स्मरणपत्र पठाउँदै आफ्ना माग ४८ घण्टाभित्र पुरा नभए आमरण अनसन बस्ने चेतावनी दिएका थिए । उनले आफ्ना माग पूरा नभएसम्म आमरण अनशन जारी राख्ने बताएका छन्। कार्कीले आफ्नो आमरण अनशनमा अन्य दलका नेताहरूको समर्थन पनि रहने बताएका छन्। ‘कांग्रेसले पनि समर्थन गर्छ। माओवादीका साथीहरू, एमालेका साथीहरू, एकीकृत समाजवादी र जसपाका साथीहरू सबै आउन सक्नुहुन्छ,’ कार्कीले भने, ‘कांग्रेसको त नगरसभापति र जिल्लाको उपसभापति पत्रकार सम्मेलनमै आउनु भएको छ । प्रेस युनियनले पत्रकार सम्मेलन नै गरिहरेको छ । मैले उठाएको एजेण्डाहरु जनताको एजेण्डा भएको कारण सबैले मलाई सहयोग गर्नुहुन्छ ।’

दश वर्ष मुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम नियमित गर्नुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, घिउ तथा धूलो दुधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत् राख्नुपर्ने, सुनसरी–मोरङ केशलिया करिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावर मैत्री जंगल निर्माण गर्नुपर्ने उनको माग रहेको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले आफू नेतृत्वको सरकारले ल्याएको लोकप्रिय कार्यक्रमलाई बजेट मार्फत हटाएको उनको आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्