श्रीमानको निधनपछि रेक्टम क्यान्सरले थलिएकी सुजताको सहयोग याचना

<span class='c1'>श्रीमानको निधनपछि रेक्टम क्यान्सरले</span> <span class='c2'>थलिएकी सुजताको सहयोग याचना</span>

विराटनगर । विराटनगर–८ हाटखोला निवासी ४१ वर्षीया सुजता तिम्सिना निरौलालाई रेक्टम क्यान्सर देखिएको छ । उनी उपचारका लागि अहिले काठमाडौंमा छिन् । साथमा जेठो २१ वर्षीय छोरो लिएर उनी उपचार गराई रहँदा कान्छो ११ वर्षको छोरालाई माइतीमा राखेकी छिन् ।

उनको सहारा हुनुपर्ने श्रीमान्को एकवर्ष अगाडी हृदयघातका कारण निधन भएको थियो । त्यसपछि क्यान्सरसँग जुधिरहेकी तिम्सिनाका लागि आयस्रोत सबै सकियो । भरोसासँगै आयस्रोतको आसा जगाउने अभिभावकविहीन बनेकी सुजताले उपचारका लागि सहयोगको याचना गरेकी छिन् ।

उनलाई ग्यास्ट्रिकको लक्षण देखिएको थियो । सामान्य सम्झेर डाक्टरको परामर्शमा गइनन् । लामो समयसम्म खाना नरुच्ने, ज्वरो आउने र वाकवाकी लाग्न थालेपछि शरीरको तौल पनि घट्दै गयो । के भएछ भनेर निको अस्पतालमा स्वास्थ्य जाँच गराउन गइन् । त्यसपछि कोलोनोस्कोपी रिपोर्टले क्यान्सर भएको पुष्टि भयो ।

क्यान्सर भएको हो भनेर थाहा पाएको तीन हप्ता भएको छ। उनलाई यहाँ भन्दा पनि लामो समय देखि क्यान्सरको उपचार गरिरहेको अस्पतालको उपचार अझ बढी भरपर्दो लाग्ने भएर काठमाडौं लगियो । काठमाडौंको क्यान्सर सेन्टरमा अहिले उनको उपचार भइरहेको छ।

अहिले उपचारको क्रममा चार लाख खर्च भइसक्यो, उनको घाउ निकै ठुलो भएको कारण रेडियो थेरापी गर्न पनि अझै तीन लाख लाग्ने छोरा सुशान्त निरौलाले जानकारी दिए ।

उनले भने–बुबा बित्नु भएको एकवर्ष मात्रै हुँदैछ, आमालाई क्यान्सर लागेपछि हामीसँग पैसा छैन । उनले बुबाले साथ छोडेर गएपछि आमामा देखिएको क्यान्सरका कारण जीवन नै अध्याँरो जस्तो भईरहेको सुनाए । ‘बुबा हुनु भएको भए उहाँले सबै गर्नु हुन्थ्यो होला, कहिल्यै व्यवहारमा नपरेको मैले कसरी धान्ने’ निरौलाले भने–मेरी आमा बचाउन सहयोग गरिदिनु होस् भाई सानो छ । किमो थेरापी, शल्यक्रिया गर्न र अस्पताल शैय्याको शुल्कका लागि १० लाख लाग्ने अस्पतालले उनीहरुलाई बताएको छ ।

आर्थिक सहयोगका लागि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्