सुरु भयो कृषि एक्स्पो: चीजदेखि बीजसम्म, दशैंलाई चाहिने आवश्यक सामाग्री मेलामा (फोटो फिचरसहित)

<span class='c1'>सुरु भयो कृषि एक्स्पो: चीजदेखि बीजसम्म, दशैंलाई</span> <span class='c2'>चाहिने आवश्यक सामाग्री मेलामा (फोटो फिचरसहित)</span>

विराटनगर । विराटनगर–२ सँग सीमा जोडिएको तीनपैनी हनुमान मन्दिर रोड सिंघीया खोला पारी कटहरी–१ स्थित कृषि थोक बजारमा कृषि एक्स्पो २०८१ सुरु भएको छ । बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन् ।

विराटनगरमा लाग्दै आएका विभिन्न व्यापार मेला भन्दा फरक कृषि एक्स्पो आधुनिक खेती प्रणालीका लागि प्रयोग हुने उपकरण औजारदेखि उन्नत प्रवृधिबाट उत्पादन भएका तरकारी, फलफूल तथा बीउबीजनको आकर्षणले भरिएको छ । कृषि थोक बजारको सुन्दर प्राङगणमा आकर्षक तवरले बनाइएको स्टलमा पहाडका खाद्य तथा नगदे बालीका स्टल रहेका छन् । तराईमा संस्थागत तवरले भईरहेको खेती प्रणालीदेखि पशुपालन व्यवसाय समेत झल्कने वस्तुहरु राखिएको छ ।

पहाड र हिमालमा उत्पादन हुने चीज, घ्यू, राडीपाखी, अल्लो कपडा, अलैंची र एभोकार्डो, काँक्राफर्सी, मह–अचारदेखि हुम्ला–जुम्लाको स्याउ र इलामको किबी जुस समेत मेलामा राखिएको छ । यसैगरी दशैं नजिकीएसँगै घरमा आवश्यक पर्ने दाल समेत मेलामा रहेका छन् । भोजपुरको खुकुरी र शहरका घरमा तरकारी खेतीका लागि आवश्यक पर्ने नयाँ प्रविधि समेत रहेको छ ।

कोशी प्रदेशको प्रादेशिक अर्थतन्त्रको एकतिहाई भन्दा बढि हिस्सा ओगट्ने कृषिजन्य उत्पादनको प्रवद्र्धन र विस्तारको सम्भावनालाई मध्यनजर गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले मेला आयोजना गरेको हो । उत्पादन वृद्धि , बजारीकरण, मूल्य अभिवृद्धिको विकास गरी रोजगारी सिर्जना हुने अपेक्षा एक्स्पोबाट पुरा हुने विश्वास राखिएको छ ।
कोशी प्रदेश , कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालयल र नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय कार्यालयले प्रवद्र्धन गरेको यस एक्स्पोमा नवीनतम् औजार, यन्त्र तथा प्रविधि,कृषि उपज वस्तु, भेटनरी, अलैंची, डेरी लगायतको प्रदर्शनी रहेको छ भने कृषि विज्ञसंग छलफल तथा सेमिनार, नयां नयां अनुुुसन्धान र परियोजनाहरुको प्रस्तुती गर्ने कार्यक्रम छ ।

नेपालकै मुख्य कृषि उत्पादन क्षेत्र हो । नेपालबाट र्नियात हुने अलैची, चिया, अदुवा, अम्लिसो, तरकारीहरु, दुध, मासु, छुर्पि र जडिबुटीहरुको मुख्य उत्पादन क्षेत्र कोशी मानिन्छ । नेपालबाट बिदेश निर्यात हुने अलैची ९० प्रतिशत, चिया ९९ र अदुवा ३३ प्रतिशत भन्दा ठूलो हिस्सामा प्रदेशको योगदान रहेको छ । त्यसरीनै देशको खाद्यान्न आपूर्तिको मुख्य क्षेत्र पनि कोशी नै हो । प्रदेशले आफुलाई पुर्याएर बढि भएको तिन लाख मेट्रिक टन भन्दा बढी खाद्यान्न देशको अन्न भण्डारमा योगदान दिन्छ । कोशीबाट बेमौसमी तरकारी भारततर्फ र केरा लगायतका फलफुल काठमाण्डौ तथा अन्य सहरी क्षेत्रमा निर्यात हुने गरेको छ । मासु, दुध, चीज, छुर्पि जस्ता उत्पादनमा अगाडी छ । बंगुर पालनमा यो क्षेत्रको योगदान ३७ प्रतिशत रहेको छ ।

माछा, मासुको माग बढे संगै कुखुरा तथा माछा पालनमा आकर्षण बढ्दै गएको छ । देशमा रहेका कृषि उत्पादन प्रशोधन गर्ने धेरै उधोगहरु यो प्रदेशमा रहेका छन । जसमध्ये धान चामल, जुट, दुध प्रशोधन, चिया, पशुदाना, मैदा तथा फलफुल तरकारी प्रशोधन गर्ने उधोगहरु मुख्य रहेका छन ।

प्रचुर संभावना
देशको कृषि बस्तु आवश्यकताको ठूलो हिस्सा आयातित कृषि उत्पादनले ओगटी रहेकोछ । पूर्वि नाकाबाट आयात भइरहेका कृषि बस्तुहरुमा धान, चामल, मकै, आलु, कोदो, दालबाली, तरकारी, फलफुलको परिमाण ठूलो छ । हालको अवस्थामा यो कुरा नकारात्मक भए पनि अवसरको रुपमा हेर्ने हो भने यो अवस्था कोशी प्रदेश तथा देशकै लागि अवसर पनि हो । यो प्रदेशले देशको खाद्यान्न, केरा, दुध, मासु, चिया, आलु, तरकारीहरु, सुपारी, मसलाहरुको आवश्यकताको ठूलोमात्रामा आपूर्ति गरिरहेको छ । एभोकाडो, किवी, ड्रागनफ्रुट, स्ट्रबेरी, मह उत्पादनले नयाँ संभावनाहरु देखाईरहेका छन । माछा, बंगुर र बाख्रापालन पशुपालनको क्षेत्रमा तिब्र बिकास भईरहेका क्षेत्र हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्