राष्ट्रसेवक बचत तथा ऋण सहकारी अध्यक्षमा पुनः काफ्ले

<span class='c1'>राष्ट्रसेवक बचत तथा ऋण</span> <span class='c2'>सहकारी अध्यक्षमा पुनः काफ्ले</span>

विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः जीवन काफ्ले सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सम्पन्न २६ औँ बार्षिक साधारणसभाले काफ्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति र तीन सदस्यीय लेखा समिति सर्वसम्मत चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा तुलसीनारायण अधिकारी¸ सचिवमा ओमराज सुवेदी¸ कोषाध्यक्षमा फणिन्द्रनाथ अधिकारी र संचालक सदस्यहरुमा तुलसीप्रसाद खतिवडा¸ प्रदीपकुमार पाण्डे¸ कमला दाहाल¸रोहित पौडेल¸जय प्रसाद काफ्ले¸ केदार प्रसाद चौधरी र यादवदेवी सुवेदी रहेका छन् ।

सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजक अन्तिमकुमार आचार्य र सदस्यहरुमा चोमेशकुमार पोखरेल र रोशनकुमार पोखरेल सर्वसहमत चयन भएका छन् । चार वर्षे कार्यकालका लागि समितिले काम गर्नेछ ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा अध्यक्षद्धारा प्रस्तुत सहकारीको बार्षिक प्रतिवेदन बहुमतले पारित गरेको थियाो । सहकारीले ४९ करोड ६८ लाख ९३ हजार ६३६ रुपैयाको कारोबार गरेको छ । सहकारीको शेयर रकम ६ करोड ६९ लाख ४२ हजार ८ सय रुपैया रहेको छ भने बचत ३४ करोड ९४ लाख ६८ हजार ३७० रुपैया रहेको छ ।
त्यसैगरी संस्थाको जगेडा कोषमा १ करोड ९१ लख ५५ हजार १५९ रुपैया पुगेको छ भने सहकारीको कूल कोष ४ करोड ८७ लाख ८९ हजार १८ रुपैया रहेको छ । सहकारीले ४ करोड ८२ लाख ०४ हजार ५८६ रुपैया आम्दानी गरेकोमा ४ करोड १८ लाख ५२ हजार ७४१ रुपैया खर्च गरेर ६३ लाख ५१ हजार ८४४ रुपैया खुद नाफा कमाएको छ । सहकारीमा १ हजार ८४७ जना शेयर सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्