थाहै नपाई अर्कैको ऋणमा बैंक ग्यारेन्टी

<span class='c1'>थाहै नपाई अर्कैको</span> <span class='c2'>ऋणमा बैंक ग्यारेन्टी</span>

विराटनगर । मोरङ बेलबारी–३ का प्रताप थापाले नौ वर्ष अगाडी सनराइज बैंक (हालको लक्ष्मी सनराइज बैंक) विराटनगर शाखा बाट गाडी खरिद गर्न ऋण (लोन) लिएका थिए । बैंकको कर्जामा ग्यारेन्टी छोरा प्रभाष थापालाई राखे । गाडीको लोन चुक्ता गरे, आफ्नै नाममा गाडी पास भयो । त्यसपछि लक्ष्मी सनराइज बैंकसँग कारोबार भएको थिएन । तर, खाता भने एक्टीभ नै थियो ।

थापाको बेलबारी–३ स्थित घरमा साँग्रीला विकास बैंकको शाखा कार्यालय भाडा लिएर बस्यो । घरमै भएको बैंकबाट कारोबार गर्ने तयारी गरेर थापाले कागजात पेस गरे । त्यसपछि बैंकले कर्जा सूचना केन्द्रमा सिआईसी रिपोर्ट मगायो । सिआईसी रिपोर्टमा २०७७ साल जेठ १४ गते ४८ हजार ८६७ र २०७७ साल २ १७ गते २६ लाख ७६ हजार ९६२ रुपिँया रामेश्वर सेढाँई क्षेत्रीले निकालेको कर्जा ऋणमा छोरा प्रभाष थापा बैंक ग्यारेन्टी बसेको भेटियो !

बैंकको नियमानुसार कर्जा प्रवाह गर्दा एकाघरको अंश लाग्ने सदस्यहरुलाई मात्रै ग्यारेन्टी राख्नुपर्ने हो । तर, प्रतापका छोरा प्रभाषसँग सम्बन्ध नै नभएको र चिनजान समेत नभएको व्यक्तिलाई ऋण प्रवाह गर्दा ग्यारेन्टी राखेर बद्मासी गरेको भेटियो । उसबेला लिएको ऋण सेढाँईले चुक्ता गरिसकेको देखिन्छ । त्यति मात्रै नभई प्रभाषलाई नै बैंक ग्यारेन्टी राखेर लक्ष्मी सनराइज बैंकबाटै २०८१ साउन २१ गते ट्रम लोन दश करोड लिने प्रक्रियामा समेत राखेको फेला परो ।

अर्को अचम्म के भने, सन् २०१५ मा बाबु प्रतापले गाडीका लागि ऋण लिदाँ विराटनगर शाखामा छोरालाई बैंक ग्यारेन्टीका लागि पेस गरेको व्यक्तिगत कागजात बिरगञ्जस्थित लक्ष्मी सुनराइज बैंकको शाखाबाट ऋण लिएका सेढाँईको नाममा ग्यारेन्टीका लागि पेस गरेको पाइएको छ ।

मोरङ बेलाबारी नगर अस्पतालका प्रमुख समेत रहेका प्रभाषले अपरिचित व्यक्तिको बैंक ग्यारेन्टीमा आफ्नो नाम रहनुले हतास बनाएको बताए । उनले कागजात दुरुपयोगमा बैंकका कर्मचारीको समेत संलग्नता हुनसक्ने संभावना रहेको बताए । यसमा गहिरो अनुसन्धान गरेर कारवाही गर्नुपर्ने उनको माग छ । तर, बैंक ग्यारेन्टी बसेका व्यक्तिको औंठा छाप कसरी दुरुपयोग भईरहेको छ भन्ने विषयले आफैंलाई आश्चर्यमा पारिरहेको उनको भनाई छ । एउटा निश्चित कागजातमा रहेको औंठा छाप अर्को कागजातमा कसरी ट्रान्सफर भईरहेको छ भन्ने कुरा सबैभन्दा धेरै अनुसन्धानको विषय हुनसक्ने देखिन्छ ।

पीडित परिवारले आइतबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरेर घटनाको जानकारी दिएका हुन् । बैंकबाट नागरिक पीडित हुनु परेको भन्दै थापा परिवारले यस विषयको छानविन र अनुसन्धानमा सबैसँग आग्रह गरेको छ । लक्ष्मी सनराइज बैंकका विराटनगर शाखा प्रमुख सुदिप रायमाझीले यस विषयमा आन्तरिक छानविन भईरहेको जानकारी दिए ।

बैंक केन्द्रीय कार्यालय काठमाण्डौंका चिफ ग्रिभेयन्स अफिसर मनोहर राज उप्रेतीले यस विषयमा अहिले आन्तरिक छानविन भईरहेको बताए । उनले मोरङ र पर्सा ठेगाना देखिने कुराले ऋण लिने र ग्यारेन्टी बस्ने व्यक्ति सम्बन्धित थिए भनेर भन्न नमिल्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्