श्रीमतीलाई स्तन क्यान्सर, तीन वर्षका छोराको रेखदेख गर्न विदेशबाट फर्किए श्रीमान

<span class='c1'>श्रीमतीलाई स्तन क्यान्सर, तीन वर्षका छोराको</span> <span class='c2'>रेखदेख गर्न विदेशबाट फर्किए श्रीमान</span>

विराटनगर । धनकुटाका केशव दाहाल तीन वर्षका छोरा र श्रीमती छोडेर कमाउन विदेश गए । ‘छोराको स्याहार गर, म केहि कमाउँछु’ श्रीमती आकृति गौतमलाई भन्दै गएको १७ महिनापछि उनको विदेशमै मुटु फुट्ला जस्तो खबर पुग्यो ।

श्रीमती आकृतिको स्तनमा सानो गाँठो निस्कियो । विस्तारै बढ्दै गएर पानी जमेपछि उनी अस्पताल पुगिन् । अस्पतालले स्तन क्यान्सर भएको भनिदियो । त्यो खबरले केशवलाई विदेशमै बिचल्लीपन बढायो । छोरो तीनवर्षको हुँदा श्रीमतीलाई क्यान्सर रोगले सताएको खबरपछि उनी फर्किए ।

अहिले आकृती मोरङ सुन्दरहरैंचा–३ गछिया माइतीमा बस्दै धरान स्थित घोपा अस्पतालमा उपचार गरिरहेकी छिन् । क्यान्सरको किमो थेरापी गरिरहेकी गौतमले आफ्नो बैंकको जागिर पनि छोडिन् । उपचार गरिरहँदा अहिले खर्च धान्न गाह्रो भएको छ।

आफ्नो देब्रे स्तनमा सानो गाँठो आएको जस्तो हुँदा हर्मोन फेरिएको होला, कुनै बेला त्यस्तो हुन सक्ने अनुमान गरेर सामान्य ठानिन्। तर दुई महिना पछि गाँठो बढेर गएपछि चेकजाँच गर्दा क्यान्सर भएको पुष्टि भयो। सानो परिवार भएको कारण घरमा हेरविचार गर्ने कोही नभएपछि रोजगारीका लागि गएका श्रीमान १७ महिनामा नै फर्कनु परेको उनले सुनाइन् ।

अहिले उनको स्तनमा पानी भरिएको कारण रेडियो थेरापी गरेर मात्र शल्यक्रिया गर्न मिल्नेछ। त्यसको लागि रेडियो थेरापी गर्नुपर्ने चिकित्सकले बताएका छन् । अहिले किमो थेरापी चलिरहेको छ । उनलाई किमो थेरापी गर्न प्रतिकिमोको ३० हजार लाग्ने र शल्यक्रिया गर्न पाँच लाख लाग्ने हुँदा उपचारमा गाह्रो भईरहेको सुनाइन् ।

सामान्य परिवारमा कमाउँदै खाँदै गरिरहेको हुँदा ठूलो रकम बचत नभएकोले उनका लागि दुःखका दिनमा साथ चाहिएको छ । डाक्टरले रेडिएसन थेरापी गरेपछि स्तनको घाउ सुक्ने र शल्यक्रिया गर्ने भनेका छन्। त्यहि पनि उनी मनोबल उच्च राखेर उपचार गराईरहेकी छिन् । तर, किमोकोआठ वटा साइकलको खर्च र शल्यक्रिया लागि रकम नभएको हुँदा सहयोगको आसा राखेर अपिल पनि गरिरहेकी छिन् । ‘डाक्टरले मलाई निको पार्नु हुन्छ, तर भगवानले मलाई पैसा जुटाउन दाताको मनमा बास गर्नुहुन्छ भन्ने आस गरेको छु’ गौतमले भनिन्–मेरो तीनवर्षको छोरो छ ।

आर्थिक सहयोगका लागि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्