विराटनगरमा राजमार्गमै पाइप फुटेर पानी, नागरिकको स्वास्थ्यप्रति छैन गम्भीर संस्थान

<span class='c1'>विराटनगरमा राजमार्गमै पाइप फुटेर पानी,</span> <span class='c2'>नागरिकको स्वास्थ्यप्रति छैन गम्भीर संस्थान</span>

इन्दु साह
विराटनगर । कोशी राजमार्ग विराटनगर रानी–रोडशेष सडक खण्ड अन्तर्गत महानगरपालिकाको वडा नं. १४ र १५ को सीमानामा पाइप फुटेर पानी निस्केको दुई महिना बित्यो । छ लेन सडकमा पानीको पाइप फुटेर दैनिक खाल्डोमा जम्ने गरेको छ । जसका कारण सडक दैनिक जस्तो खाल्डो बन्दै गएको छ । यति मात्रै नभई फुटेको पानीको पाइपमा हिलो तथा लेदा पस्नसक्ने संभावनाले स्वास्थ्यका लागि गम्भीर समस्या सिर्जना हुने देखिएको छ ।

यो समस्याले स्थानीय बासिन्दा र सवारी चालकहरूलाई दुई महिनाभन्दा लामो समयदेखि असुविधा दिइरहेको छ। रानी इलाका प्रहरी चौकी अगाडि रहेको फुटेको पाइपले सडकमा खाल्डो बनाएको छ । जसले सवारी दुर्घटनाको जोखिम बढाएको छ भने दैनिक ठूलो मात्रामा खानेपानी नष्ट भइरहेको छ । स्थानीय उपभोक्ताहरूले दूषित पानी पिउन बाध्य समेत हुनुपरेको उनीहरुको गुनासो छ ।

विराटनगर १५ का वडाअध्यक्ष प्रकाश साहले भने दुई महिना अगाडि नै नेपाल खानेपानी संस्थानलाई यस विषयमा जानकारी गराएको बताए । तर, हालसम्म कुनै प्रतिकृया नआएको उनको भनाई छ । यता नेपाल खानेपानी संस्थानकी सूचना अधिकारी रुद्र कुमारी शर्माले छ लेन सडक आयोजनालाई पानीको आपूर्ति प्रणाली व्यवस्थापनका लागि खन्ने अनुमति मागिएको बताइन् । यद्यपी छ लेन सडक आयोजना इटहरीले हालसम्म सडक खन्न अनुमति दिएको छैन ।

संघीय सरकार मातहत रहेको राजमार्ग क्षेत्रमा सडक खन्नुपर्ने वा कुनै संरचना निर्माण गर्नुपर्ने भए सम्बन्धित कार्यालयँग स्वीकृति लिनुपर्ने हुन्छ । नेपाल खानेपानी संस्थानले पत्र पठाएर अनुमति मागेपनि हालसम्म स्वीकृत नभएको दावी छ । खानेपानी संस्थानका इन्जिनियर दीपक कुमार मण्डलले छ लेन सडक आयोजनाले अनुमति दिन ढिलाई गर्दा पानी निस्केको देखेपनि काम गर्न नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्