विराटनगरमा आयातित तरकारी र फलफूलमा ३२८ नमूनाको विषादी परीक्षण

<span class='c1'>विराटनगरमा आयातित तरकारी र फलफूलमा</span> <span class='c2'>३२८ नमूनाको विषादी परीक्षण</span>

इन्दु साह
विराटनगर । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, रानी विराटनगरले भारतबाट आतत हुने फलफुल तथा तरकारीको ३२८ नमूनाको विषादी परीक्षण एकवर्षमा गरेको छ । कार्यालय प्रमुख कासीनाथ घिमिरेका अनुसार गत आर्थिक वर्ष ३२८ तरकारी तथा फलफूलको नमूनामा विषादी परीक्षण गरिएको हो।

घिमिरेले जानकारी दिए अनुसार यो परीक्षण मुख्यतया भारतबाट आयात हुने उत्पादनहरूमा केन्द्रित छ । भारतबाट मुख्यतया आलु, स्याउ, अनार, प्याज र खुर्सानी जस्ता तरकारी तथा फलफूलहरू आयात हुने गरेका छन् । उनले भने कार्यालयले विषादी परीक्षणलाई तीन स्तरमा वर्गीकरण गरेको छ। पहिलो स्तरमा रासायनिक मात्रा ३५ प्रतिशतसम्म भएका उत्पादनहरूलाई सामान्यतया खान मिल्ने मानिन्छ। दोस्रो स्तरमा ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म विषादी भएका उत्पादनहरू पर्छन् । जसलाई विषादीको प्रयोग भएको मानिन्छ।

तेस्रो स्तरमा ४५ प्रतिशत भन्दा बढी विषादी भएका उत्पादनहरू पर्छन् । जुन अत्यन्त खतरनाक मानिन्छ। विषादी रोकावट दर ३५ प्रतिशतभन्दा बढी हुनुलाई खान अयोग्य मानिन्छ, घिमिरेले थप जानकारी दिँदै भने ३५ प्रतिशत भन्दा बढी विषादी प्रयोग गरिएका उत्पादनहरूलाई हामी प्लान्ट क्वारेन्टाइनमा राख्छौं। यसले ती उत्पादनहरू बजारमा पुग्नबाट रोक्छ।

तर, अहिलेसम्म परीक्षणको नतिजा केही सन्तोषजनक रहेको छ। रानी भन्सारबाट आयात हुने अधिकांश तरकारी तथा फलफूलमा अत्याधिक विषादी प्रयोग भएको पाइएको छैन। आलुको एक नमूनामा ३५ प्रतिशत भन्दा बढी विषादीको प्रयोग भएको फेला परेको छ । भन्सारबाट प्रवेश गरेका तरकारीजन्य वस्तुको दु्रत विषादी अवशेष परीक्षण हुने भएपनि खुल्ला सीमाबाट आउने तरकारीजन्य वस्तुको परीक्षण हुँदैन । यो कुरामा घिमिरेले भन्सारबाट नभित्रिए पनि खुला सिमानाका कारण अन्य विभिन्न स्थानबाट लुकाई छिपाई विराटनगरका बजारमा तरकारी तथा फलफूल ल्याइएको हुन सक्ने चिन्ता व्यक्त गरे।

यो चिन्ता स्थानीय बासिन्दाहरूको भनाइसँग मेल खान्छ। केही स्थानीयहरूले बताए अनुसार उनीहरूले उपभोग गर्ने केही हरियो तरकारी भारतबाट आउने गरेको र त्यस्ता तरकारीहरू तरकारी हटियामा पाइने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्