ईभी गाडीप्रति क्रेज बढ्दै विराटनगरमा

<span class='c1'>ईभी गाडीप्रति क्रेज</span> <span class='c2'>बढ्दै विराटनगरमा</span>

प्रेम देवान
विराटनगर । पछिल्लो समय नेपालमा ईभी गाडीप्रतिको क्रेज बढ्दै गएको छ । ईन्धनबाट चल्ने गाडीको तुलनामा ईभी गाडी प्रयोग गर्न सजिलो र कम खर्चमा लामो तथा छोटा दुरीको यात्रा गर्न सकिने भएका कारण पनि क्रेज बढेको पाईन्छ ।

ईभी गाडीप्रतिको रुचि ह्वात्तै बढेका कारण गाडीका उत्पादक कम्पनी तथा बिक्रेताहरुले धमाधम नयाँ मोडल सार्वजनिक गर्ने क्रम जारी छ । एकपछि अर्को ईभीका नयाँ गाडी भित्रिने क्रमले निरन्तरता पाइरहँदा नेपाली सडकमा पनि दिनहुँ नयाँ ब्राण्डका गाडीको चाप बढ्दै गएको देखिन्छ । पहिलाको तुलनामा हाल ईभी प्रयोगकर्ताको संख्या पनि उल्लेखनिय वृद्धि हुँदै गएको हो ।

विराटनगरका आश्रय कोईरालाले विराटनगर ४ मा रहेको सुपिरिर मोटर्स शो–रुमबाट ३९ लाख ८० हजारमा खरिद गरेका छन् । उनलाई अरु गाडी भन्दा ईभी गाडी चलाउन सहज हुने बताए । उनी भन्छन् इन्धन गाडी लिएर काठमाण्डौं जाँदा १० देखी २० हजारसम्म खर्च हुन्थ्यो । भने ईभीमा १५० मा पुग्ने उनले दावी गरे । त्यति मात्र हैन ईभी गाडीको भित्र तथा बाहिरीका फिचरहरु राम्रो र सजिलो हुने बताए ।

सरकारले ईभी गाडीलाई दिएको प्राथमिकता साथै यसको भौतिक पूर्वाधार निर्माणमा ध्यान दिईरहेको छ। ईभीप्रति सकारात्मक देखिएको पाईन्छ । निजी क्षेत्र आफैंले पनि यसको आवश्यक पूर्वाधार धमाधम तयार गरिराख्दा यसका प्रयोगकर्ता पनि ढुक्क भएर प्रयोग गर्न थालेका छन् ।

दैनिक ८ देखी १० जनासम्म ईभीको गाडी बारे जानकारी लिन आउने गरेको विराटनगरमा विवाईडी कम्पनीको गाडी सेल गर्दै आएका सुपरियर मोर्टस प्रा.लि. विराटनगरका उज्जवल सुवेदीले बताए । त्यति मात्र हैन ईभी गाडीप्रति क्रेज भए कै कारणले पनि हुन सक्छ मासिक रुपमा १८ देखी २० वटा ईभी गाडी बिक्री हुने सुवेदीले दावी गरे । विराटनगर ३ निवासी भेषराज पोखरेले पनि विवाईडी अटो ३ सुपिरियर ६७ लाख ८० हजारमा खरिद गरेर ८ महिनादेखी कुदाउँदै आएका छन् । पुरानो इन्धन गाडी बेचेर अहिले ईभी गाडी लिएको पोखरलले बताए । विद्युतीय गाडीले वातावरण प्रदुषण नगर्ने एउटा सवल पक्ष रहेको र चलाउन पनि सहज हुने भएकाले अहिले ईभी गाडीको पारखीहरु बढ्ने गरेको पोखरलेको अनुभव छ ।

विराटनगरका पूर्व मेयर भीम पराजुली, उद्योग संघठन मोरङका पूर्व अध्यक्ष सुयस प्याकुरेलले पनि इभी गाडी नै चलाउँदै आएका छन् । विराटनगरको बरगाछीदेखी कंचनबारीसम्म झन्डै आधा दर्जन बढी ईभी गाडी बेच्ने शोरुमहरु छन् । नेपालमा अपग्रेड वा गाडीमा नयाँ फिचर थपेर लन्च गर्ने परिपाटी पनि उत्तिकै छ । गाडी व्यवसायी इन्धनबाट चल्ने गाडीको तुलनामा ईभीको गाडी माग बढ्दो रहेको बताउँछन् ।

त्यस्तै ‘ओरा जिरो थ्री’ मोडल इभी गाडीको आधिकारीक विक्रेता केशरीचन्द भवरलालले विराटनग ४ बरगाछी रहेको ग्रेट वाल मोटर्स (जि डब्लु एम) ले उक्त कम्पनीको गाडी बिक्री गर्दै आएको छ । ओरा जिरो थ्री को बजार मूल्य ४२ लाख ४९ हजार पर्ने गाडी फुल चार्ज गर्यो भने ४ सय किलोमिटर कुद्ने ग्रेट वाल मोटर्स विराटनगरका सेल्स ईन्चार्ज हेड सन्तोष साहले बताए ।

विराटनगरमा संचालनमा ल्याएको ८ महिनाको अवधीमा झन्डै २० वटा भन्दा बढी ओरा जिरो थ्री ईभी गाडी बिक्री भईसकेको साहले बताए । ‘ईभी गाडीको माग अहिलेको अवस्थामा नेपाली बजारमा सन्तोषजनक रहेको विराटनगरका अधिकांश ईभी गाडी बिक्री गर्दै आएका शोरुम संचालकहरु बताउछन् । विराटनगर ४ मा नै रहेको न्यु पिआर सप्लार्यसले ईभी एमजी मोरिज ग्यारेज , नाडा कम्पनीको गाडी बिक्री गर्दै आएको छ ।

त्यस्तै एसपी जी मोवाईल्स प्रा. लि.ले विराटनगरको ओमोडा शोरुम विराटनगरलाई बिक्रीका लागि जिम्मा दिएको छ । उसले ओमोडा इ फाईभ गाडी बेच्दै आएको छ । ओमोडा ई फाईभको बजार मूल्य ६१ लख ९९ हजार पर्ने सेल्स मेनेजर शम्भु पौडेल बताउँछन् । ईभी गाडी खरिद गरेर चलाउने सेवाग्राहीहरुबाट पनि राम्रो प्रतिक्रिया आउने गरेको पौडेलको भनाई छ । त्यस्तै टाटा मोटर्सले पनि पन्च ईभी र टाईगो इभीको विभिन्न डिजाईन र कलरमा गाडी बजारमा ल्याएको छ ।

ईभी गाडी सुविधा सम्पन्न फिचरका साथ अपग्रेड भई नेपाल आउने गाडी चालक र यात्रु दुवैका लागि सहज भएको अधिकास ईभी गाडी किन्नेहरु बताउछन् । ईभी गाडी इलेक्ट्रिकल्ली एडजस्टेड सिट, एचडी गुणस्तरको ३६० डिग्री क्यामेरा, ड्यासक्याम, र एन्ड्रोइड अटो तथा एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल–टाइम अफलाइन जीपीएस जस्ता सुविधाहरु प्राय हरेक ईभी गाडीमा समावेश हुने गरेका कारण पनि अहिले ईभी गाडीप्रति आम मानिसको रुचि बढेको देख्न सकिन्छ ।
विराटनगरका यी स्थानमा छन् चार्जिङ स्टेशन
ईभी गाडी चार्जिङगर्नको लागी विराटनगरमा निजी तथा सार्वजनिक गरेर जम्मा ४ स्थानमा रहेको छ ।

विराटनगरको बसपार्क , जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी, विराटनगर २ तापडिया आँखा अस्पताल अगाडी बन्जारा चौक र विराटनगर तीन पैनी लगायत विभिन्न शोरुमहरुले आ–आफ्नो चार्जिङ स्टेशन राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्