कोशी प्रदेशमा एक लाख नौ हजारमा कुनै न कुनै प्रकारको आँखाको समस्या

<span class='c1'>कोशी प्रदेशमा एक लाख नौ हजारमा</span> <span class='c2'>कुनै न कुनै प्रकारको आँखाको समस्या</span>

इशु पन्त
विराटनगर । कोशी प्रदेशमा दृष्टिदोष भएका बिरामीको संख्या एक लाख बढी रहेको एक सर्वेक्षण प्रतिवेदनले देखाएको छ । नेपाल नेत्र ज्योती संघ कोशी प्रदेशको अगुवाईमा भएको सर्वेक्षण प्रतिवेदन अनुसार एक लाख नौ हजार ९४ जना व्यक्तिमा कुनै न कुनै प्रकारको दृष्टिदोषको समस्या रहेको देखाएको हो ।

संघको अगुवाईमा विराटनगर आँखा अस्पताल, मेची आँखा अस्पताल र रामप्रसाद पोरखेलको संयुक्ति टोलीले ५० वर्षमाथिका व्यक्तिहरुलाई लक्षित गरेर प्रतिवेदन तयार पारेको हो । सर्वेक्षण प्रतिवेदन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार साँझ सार्वजानिकीकरण गर्नु भएको थियो ।

सर्वेक्षण प्रतिवेदन अनुसार कोशी प्रदेशमा ६ हजार २२४ जनामा पूर्ण दृष्टिविहीनताको अवस्था रहेको छ । गम्भीर दृष्टिदोष भएका व्यक्तिहरुको संख्या ९ हजार १६३, मध्यम दृष्टिदोष ३८ हजार १२१ त्था प्रारम्भिक दृष्टिदोष ५५ हजार ५८६ जनामा रहेको छ । त्यसमध्ये पुरुष ४८ हजार १८० जना र महिाल ६० हजार ९१४ जनामा दृष्टिदोषको समस्या देखिएको छ ।

दृष्टिदोषका कारणहरुमध्ये मोतिया बिन्दु भएका ६० प्रतिशत उपचार पहुँचमा आउने नगरेको पाइएको छ । दृष्टिदोष भएकामध्ये ७५ प्रतिशतलाई उपचारबाट दृष्टिविहीनताको अवस्थाबाट सुरक्षित गर्न सकिने विज्ञहरुको दावी छ । प्रदेशमा तीन हजार २३८ मोतियाबिन्दुका कारण दृष्टिविहीताको अवस्था भएका नागरिक रहेका छन् । विराटनगर आँखा अस्पतालका अनुसन्धान अधिकारी राजिवरञ्जन कर्णका अनुसार मोतियाबिन्दुको शल्याक्रिया पश्चात ८१.४ प्रतिशत नागरिकको आँखाको समस्या हल भएको दावी गर्नुभयो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दृष्टिदोष र दृष्टिविहीनता जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा देखिएकोले सरकारले यस बारे आगामी कार्यक्रममार्फत सम्बोधन गर्ने बताउनु भएको थियो । उहाँले सरोकारवाला निकायले नागरिकका स्वास्थ्यसँग सम्बन्धित विषयमा अध्ययन अनुसन्धान गरेका प्रतिवेदनले सरकारलाई आगामी दिनमा कार्यक्रम निर्माणका लागि सहयोग पुग्ने बताउनुभयो ।

नेपाल नेत्रज्योती संघ कोशीका अध्यक्ष श्यामसुन्दर उदासले मोतियाबिन्दुको शल्याक्रिया सेवा लिन अझै पनि नागरिकका लागि केहि अवरोधहरु देखिएको बताउनुभयो । उहाँले यसका लागि सरकारले यथासंभव कार्यक्रमहरु ल्याएर नागरिकलाई स्वास्थ्य सहजीकरण गर्नुपर्ने माग गर्नुभयो । उहाँले आँखाको शल्याक्रिया गराउन डराउने, खर्च अभाव, उपचार महशुस अभाव र सेवा विस्तार अभावका कारण पहुँचविहीनता रहेको बताइएको छ ।

कार्यक्रममा विराटनगर आँखा अस्पतालका अध्यक्ष पद्यनारायण चौधरी, अस्पताल व्यवस्थापक कुमार पृथू, नेत्र ज्योति संघका अध्यक्ष डा.चेतराज पन्त लगायतले दृष्टिदोषको वर्तमान अवस्था र उपचारमा देखिएको समस्याको विषयमा धारणा राख्नु भएको थियो ।
अन्धोपन (¥याब) निवारणका लागि द्रुत सर्वेक्षण सन् २०१९ मा भएको थियो । यो सर्वेक्षण नमूनाको रुपमा चार हजार १२१ जनाबाट सूचना संकलन गरिएको तथ्यांक विश्लेषण भएको दावी गरिएको छ । प्रदेशका सबै जिल्ला र स्थानीय तहमा रहेको दृष्टिविहीनताको अवस्थाबाट अनुमानित संख्या निकालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्