बन्ला त विराटनगर प्रवेशद्वार, परिमार्जित डिजाइन स्वीकृतका लागि सडक विभागमा

<span class='c1'>बन्ला त विराटनगर प्रवेशद्वार, परिमार्जित</span> <span class='c2'>डिजाइन स्वीकृतका लागि सडक विभागमा</span>

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर ३ र ४ को सीमा ढाटमा निर्माण गर्ने भनिएको उत्तरी प्रवेशद्वारका लागि चालु आर्थिक वर्षमा दुई करोड रुपैँया बजेट बिनियोजन गरेको छ । प्रवेशद्वार निर्माणका लागि नगरस्तरीय बजेटमा समेटिएको हो ।

महानगरपालिकाले २०७७ सालमै प्रवेशद्वारको डिजाइन सार्वजनिक गरेको थियो। खुला प्रतिश्पर्धाबाट महानगरले रमन श्रेष्ठ र आशिक महर्जनको तयार पारेको डिजाइनलाई स्वीकृत गरेपनि त्यसमा आलोचना भएपछि परिमार्जन गराएको थियो ।
विराटनगरको पहिचान दिने गरि महानगरपालिकाले नयाँ प्रवेशद्वारको डिजाइन बनाएर सडक विभागमा स्वीकृतका लागि पठाएको थियो । तर, बजेट भने थिएन । यस पटक बजेटमा समेटिएकोले सडक विभागमा पठाइएको डिजाइजनलाई निर्माण स्वीकृत लिएर काम अगाडी बढाउने तयारी गरिएको हो ।

महानगरले आह्वान गरेको डिजाइन प्रस्ताव १४ कम्पनीले पेश गरेका थिए। यद्यपी पेस गरिएकामध्ये स्वीकृत भएको प्रवेशद्वारको डिजाइनले विराटनगरको पहिचान समेट्न नसकेको भन्दै आलोचना भएपछि त्यसलाई परिमार्जन गरिएको थियो । कोशी राजमार्ग छलेनमा विस्तार भएपछि ढाटमा रहेको प्रवेशद्वार सडकको बीचमा सरेको छ । जसलाई हटाउन वा सडक सीमालाई असर गर्ने गरी नयाँ निर्माण गर्नका लागि सडक विभागले दवाव सिर्जना गर्दै आएको थियो ।

साविकको स्वागत गेट भत्काएर नयाँ बनाउनुपर्ने अवस्था आएपछि महानगरपालिकाले डिजाईन स्वीकृत गरेर सडक विभागसँग निर्माण स्वीकृत माग गरेको छ । महानगरपालिका शहरी पूर्वाधार तथा योजना महाशाखा प्रमुख अर्जुन थापाले अब बजेटमा व्यवस्था भएपछि यसको कामलाई अगाडी बढाउने बाटो खुलेको जानकारी दिए । यो सँगै २५ मिटर सडक क्षेत्र भित्र पर्नेगरि गेट निर्माण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्