विराटनगर पञ्चमुखी चौकको डि–प्लट भवन भत्काउन ठेक्का, नयाँ बनाउन बजेट

<span class='c1'>विराटनगर पञ्चमुखी चौकको डि–प्लट भवन</span> <span class='c2'>भत्काउन ठेक्का, नयाँ बनाउन बजेट</span>

विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर ९ पञ्चमुखी हनुमान मन्दिर अगाडीको डिप्लट भवन भत्काउने ठेक्का लगाएको छ । यो भवन भत्काएर चालु आर्थिक वर्षमै नयाँ निर्माण प्रारम्भ गर्ने योजना अगाडी सारेको हो ।

महानगरपालिकाको मुटुमा रहेको यो भवन जीर्ण बनिसकेको थियो । यसमा व्यवसायीक भवन बनाउने योजनासहित महानगरपालिकाले पुरानो भत्काएर नयाँ बनाउने योजना सारेको हो । जसका लागि चालु आर्थिक वर्षमा एक करोड रुपैँया बजेट समेत राखिएको छ । नगरस्तरीय योजनाको रुपमा महानगरपालिकाले बजेट राखेसँगै भत्काउनका लागि ठेक्का आह्वान गरेर बुधबार सम्झौता गरेको छ ।

२० वटा सटर भएको भवनबाट वार्षिक एक करोड पाँचलाख आम्दानी हुने गरि ठेक्का लगाइएको थियो । पछिल्लो समय भवन पुरै खाली गराएर व्यवसायीहरु अन्तै सरिसकेका छन् । पाँचवर्ष अगाडी ठेक्का लागेको थियो । त्यस अगाडी यहाँका व्यापारीले न्यूनतम भन्दा अति न्यून भाडा तिरेर यहाँ व्यापार गर्दै आएका थिए । प्रशासकिय अधिकृत एकदेव अधिकारी भएको बेला महानगरपालिकाले बोलपत्रमार्फत भाडा लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्