पूर्व राष्ट्रपति भण्डारी विराटनगरमा, बिहीबारदेखि कार्यक्रममा व्यस्त

<span class='c1'>पूर्व राष्ट्रपति भण्डारी विराटनगरमा,</span> <span class='c2'>बिहीबारदेखि कार्यक्रममा व्यस्त</span>

इशु पन्त
विराटनगर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार विराटनगर आएदेखि भेटघाट र कार्यक्रमहरुमा व्यस्त भएकी छिन् । विभिन्न औपचारिक कार्यक्रममा आएकी भण्डारीसँग भेटघाट र छलफलका कार्यक्रमले व्यस्त बनाएको हो । जितियाको अवसरमा अप्पन विराटगढले आयोजना गरेको कार्यक्रम, मोरङ क्याम्पस सुधार छलफल कार्यक्रममा बिहीबार सरिक भएकी थिइन् । शुक्रबार ११ बजदेखि कञ्चनजंघा पार्टी प्यालेसमा जबजको मार्गदर्शन विषयमा मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा सरिक हुने कार्यक्रम तय भईसकेको छ ।

बिहीबार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वले सद्भावको भावनालाई सवल बनाउँदै बृहत राष्ट्रिय एकतालाई बलियो बनाउने बताएकी छिन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा १३औं अन्तर्राष्ट्रिय जितिया पर्व समारोहमा आफ्नो धारणा राख्दै पूर्व राष्ट्रपतिले भौगोलिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको पर्वले समुदायलाई एकतामा बाँध्ने विश्वास व्यक्त गरेकी हुन् ।

बिहीबार आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले जातजाति, भाषाभाषी र भूगोलका समुदायबीच एकताको भावना बलियो हुँदा मात्रै राष्ट्र सवल र सुदृढ हुने विचार राखिन् । उनले मिथिला सभ्यता र मैथिली भाषा संस्कृति, लोक कला र परम्परालाई अक्षुण्ण र पवित्र राख्ने उद्देश्यले अप्पन विराटनगर परोपकार समाजले गरेको कार्य प्रसंशनीय रहेको बताइन् ।

उनले जानकी सभ्यताका कारण मिथिला भूमि प्राचीन भूमिका रूपमा रहेको बताउँदै भनिन् मैथिली समुदायको कला संस्कृति संरक्षणका लागि विद्यापतिको योगदान महत्वपूर्ण भएको बताइन् । जनक नन्दनी सीताको जन्मस्थल रहेको बताउँदै जातीय भेदभाव, महिला उत्पीडन, अन्धविश्वास, अशिक्षा र गरिवी अहिले पनि मुख्य समस्या रहेको बताइन् ।

यसैगरी महेन्द्र मोरङ क्याम्पस विराटनगरले क्याम्पसको समृद्धि सम्वन्धि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी छलफलमा सहभागी भएकी छिन् । भण्डारीले विशिष्ट व्यक्तित्वहरुसँग मोरङ क्याम्पसलाई कसरी उठाउन सकिन्छ भनेर छलफल गरेकी थिइन् ।
महेन्द्र मोरङ क्याम्पसको शैक्षिक गुणस्तर तथा भौतिक विकासका लागि सबैले सहयोग पुर्‍याउनु पर्नेमा सहभागीहरुले जोड दिइएका थिए । कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष गुरु बरालले मोरङ क्याम्पसको विकासका लागि गर्नुपर्ने कार्यहरु र क–कसको भूमिका केके हो भनेर बुँदागता रुपमा राखेका थिए । सो अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय मातहतमा रहे पनि शैक्षिक विकासका लागि प्रदेश सरकार सहयोग गर्न कटिवद्ध रहेको बताए ।

विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले क्याम्पसको विकासलाई नजिकबाट नियाली सहयोग गरिरहेको बताइन् । पूर्व विद्यार्थी संगठनका अध्यक्ष भीम घिमिरेले क्याम्पसको विकासलागि आफूहरु लालयित भएपनि क्याम्पस प्रशासनले गुरुयोजना प्रस्तुत नगर्दा ठूलो सहयोग गर्ने सन्दर्भमा निर्णय गर्न नसकिएको गुनासो गरे ।
सो अवसरमा क्याम्पस प्रमुख डा रामावतार शरणले मोरङ क्याम्पसमा अहिले आवश्यक अनुसार कर्मचारी नभएको, आंशिक प्राध्यापकहरुको समस्या समाधान गर्नु पर्ने अवस्था रहेको, भवनहरु जीर्ण रहेको लगायतका समस्या रहेको बताए ।

शुक्रबार पूर्व राष्ट्रपति भण्डारीको उपस्थितिमा मदन भण्डारी फाउण्डेशन कोशी प्रदेशले जबजको मार्गदर्शनमा सुशासन र समृद्धि ः अवरस र चुनौती विषयक कार्याशाला गोष्ठि आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्