विराटनगरमा अत्याधिक गर्मी, दैनिक जनजिवन कष्टकर बन्दै (फोटो फिचर)

<span class='c1'>विराटनगरमा अत्याधिक गर्मी, दैनिक जनजिवन</span> <span class='c2'>कष्टकर बन्दै (फोटो फिचर)</span>

विराटनगर । विराटनगरको प्रचण्ड गर्मी, तर पनि मिठो मुस्कानका साथ ग्राहकहरुलाई चनाको सातु अनि कागती पानी बेचिरहेका भेटिन्छन् मंगल महतो ।

विराटनगर ६ सरोचियाका ७६ वर्षीय मंगल महतो झन्डै २ दशकदेखी यो व्यवसाय गर्दै आएका छन् । विराटनगरको प्रचण्ड गर्मीका कारण पसिनाले लपक्कै भिजेका छन् । उनी विराटनगर ९ स्थित पुरानो गुद्रीको ट्याक्सी स्टेण्डमा दुई वटा ठुलो छाता राखेर चनाको सातु बेच्दै आएका छन् ।

विगत केहीदिनदेखीको अत्याधिक बढेको गर्मीका कारण ग्राहकहरु पनि कम आउने गरेको बताए । विराटनगरमा धेरै दिनदेखी बढेको गर्मीले दैनिकी काम गर्न समस्या समेत हुने गरेको मंगल महतो बताउछन् ।

गर्मीकै कारण दैनिक अफिसमा काम गर्ने देखी लिएर सिटी सफारी चालक , रिक्शा , ठेला चलाउने, शैलुन तथा बाहिर सडकमा बसेर व्यावसाय काम गर्नेहरु पहिलो गर्मिको शिकार बनिरहेका छन् । हालको गर्मीको मौसमले विराटनगरमा मात्रै हैन देशभरका नागरिकहरु कष्टको सामना गरिरनु परेको छ । उच्च तापक्रमले दैनिक गतिविधिहरूमा बाधा पुर्याएको छ । स्वास्थ्य विशेषज्ञहरूले यस खालको गर्मीले स्वास्थ्य सम्बन्धी समस्याहरूमा बृद्धि हुने चेतावनी दिएका छन् ।

गर्मीका कारण बजारमा मानिसको चहलपहल समेत कम भएको देखिन्छ । चर्को घामसँगै तातो हावा चल्दा दैनिक जीवनयापन समेत प्रभावित भएको छ ।

गर्मीका कारण अस्पतालमा पखला, रुघाखोकी तथा ज्वरोका बिरामीका चाप बढ्नाका साथै सर्पदंशको घटनासमेत बढेको स्वास्थ्यकर्मीहरु बताउछन् । गर्मी बढेसँगै कोशी अस्पतालमा दैनिक १ हजार भन्दा बढी बिरामीहरु ओपिडीमा सेवा लिन आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

गर्मीका कारण दैनिक जीवनको सरल गतिविधिहरू पनि चुनौतीपूर्ण बनेका छ। भने गर्मीको यो स्थिति कसरी नियन्त्रणमा ल्याउने भन्ने कुरा प्रमुख चुनौती बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्