विराटनगरमा ट्राफिक व्यवस्थापनको मुख्य चुनौती सिटी सफारी हो : मोरङ ट्राफिक प्रमुख लम्साल

<span class='c1'>विराटनगरमा ट्राफिक व्यवस्थापनको मुख्य चुनौती सिटी सफारी</span> <span class='c2'>हो : मोरङ ट्राफिक प्रमुख लम्साल</span>

विराटनगर । जिल्ल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजन लम्सालले ट्राफिक व्यवस्थापनमा विराटनगरको सिटी सफारी प्रमुख समस्या रहेको बताएका छन् ।

एक हप्ता अगाडि सरुवा भएर आएका मोरङ ट्राफिक प्रहरी प्रमुख लम्सालले मोरङका सञ्चारकर्मीहरूसँग आइतबार परिचयात्मक कार्यक्रममा विराटनगरमा दिनप्रतिदिन बढ्दै गहिरहेको सिटी सफारीले ठुलो समस्या निम्ताउने समेत बताएका छन् ।

यसका साथै ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा केन्द्रित भएर मोरङको ट्राफिक व्यवस्थापनमा लागि पर्ने बताएका छन् । ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा लागि पर्ने उनले बताए । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणको लागि सबैको साथ सहयोगको खाँचो रहेको उनको भनाई छ ।

विराटनगर महानगरपालिका समन्वयमा विराटनगर क्षेत्रमा ट्राफिक लाइट राख्ने तयारी गरिएको उनले जानकारी दिए । ‘ट्राफिक व्यवस्थापनको लागि विराटनगरको मुख्य चोकहरूमा ट्राफिक लाइट जडानको अन्तिम तयारी भएको छ,’ उनले भने । आउँदै गरेको चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना पनि चाँडै ल्याउने उनले बताए ।

उनका अनुसार योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ति परिचालन, चेकजाँचमा कडाइ र नागरिक सहायता कक्षा स्थापना गरी सेवा प्रवाह गरिने बताए । विराटनगरमा अहिले सिटी सफारीले ट्राफिक नियमको पालना नगर्ने गरेको उनले बताए । सिटी सफारीसँग सवारी चालक सम्बन्धी गतिलो कागजात पनि नहुने उनको भनाई छ । उनीहरुलाई जरिवाना तिराउन खोज्य भने पनि उल्टै ठुलाबढाको पहुच लगाएर छोड्न लगाउने आफुले गल्तीको महशुस नै नगर्ने खालको प्रविद्धी रहेको लम्सालले बताए ।

विराटनगरको सिटी सफारीलाई नियन्त्रणमा ल्याउनको लागि म एक्लैले नसक्ने र यसमा सबैको साथ सहयोगले मात्रै ट्राफिक व्यवस्थापन गर्न सकिने लम्सालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्