विराटनगरमा ५० प्रतिशत मासु पसल दर्ता छैनन् : संघलाई थाहा छ, महानगरलाई थाहा छैन

<span class='c1'>विराटनगरमा ५० प्रतिशत मासु पसल दर्ता छैनन्</span> <span class='c2'>: संघलाई थाहा छ, महानगरलाई थाहा छैन</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले मासु पसलहरूको दैनिक अनुगमन गरिरहेको दावी छ। महानगरपालिकाको पशुपन्छी महाशाखाका प्रमुख शुभ नारायण यादवका अनुसार हालसम्म १२७ माछा मासु पसलहरूको अनुगमन सम्पन्न भइसकेको हो।

अनुगमनका क्रममा महानगरका टोलीले यी विभिन्न मापदण्ड हेर्ने गरेका छन् । जसमा साईनबोर्ड राखे नराखेको, मूल्य सूची, व्यवसाय दर्ता/नवीकरण, लेवलमा खुलाउनु पर्ने कुराहरु उल्लेख भए÷नभएको, म्याद नाघेको सामग्री, मासुको गुणस्तर सन्तोषजनक भए/नभएको, यस अगाडिका निर्देशन पालना गरे÷नगरेको, स्वच्छ मासु उत्पादन सम्बन्धि तालिम लिए÷नलिएको, प्रयोग गरेको पानी सजिलै बाहिर जान सक्ने गरी निकास व्यवस्था गरे/नगरेको, बिक्री गर्न राखिने मासु झुण्डयाउन हुकको व्यवस्था बारे, विक्री कक्षमा कोल्ड चेनको व्यवस्था (कम्तीमा फ्रिज को व्यवस्था) रहेको हेर्नेछन् ।

त्यसैगरी मासु बिक्रेताको हातमा पंजा, शरिरमा एप्रोन र मुखमा मास्क, स्वच्छ र सफा पानीको पर्याप्त व्यवस्था, पसलबाट निस्कने फोहर व्यवस्थित तरिकाले तह लगाउन सकिने अवस्था, मासु काट्ने, जोख्ने प्रयोग हुने औजार, भाडावर्तन सफा राखे÷नराखेको, मासु पसलमै पशुबध भए/नभएको, मासु स्वच्छ भए÷नभएको, भित्तामा हल्का रंग पोतिएको,पर्याप्त क्षेत्रफल सहितका पसल कोठा, जीवित कुखुरा वा मासुमा कुनै विकृति, पशुपंक्षीको श्रोत खुल्ने कागजात हेरिन्छ । यस बाहेक एक पटक दिइएका निर्देशनहरु पुनः अनुगमन गर्दा पालना नभएको पाईएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुनेछ । यस प्रक्रियाले उपभोक्ताहरूलाई स्वस्थ र सुरक्षित मासु उपलब्ध गराउने सुनिश्चितता प्रदान गर्ने अपेक्षा गरिन्छ ।

उल्लेखित मापदण्ड अनुसार महानगरपालिका क्षेत्रमा सञ्चालित मासु पसल सञ्चालनमा छन् की छैनन् भनेर अनुगमन गरिएपनि दर्तामा आएका छन् की छैनन् भन्ने तथ्यांक समेत महानगरपालिकामा यकिन छैन । हालसम्म १२७ पसलको अनुगमन गरेको दावी यादवको छ । तर, मोरङ मासु व्यवसायी संघका अध्यक्ष सुवास शिवकोटीका अनुसार विराटनगरमा कानुनी प्रक्रियामा प्रवेश गरेर दर्तावाला पसल २५० रहेका छन् । तर, महानगरापलिका भित्र मात्रै ५०० मासु पसलमा कारोबार हुन्छ । दर्तामा नरहेको अधिकांश मासु पसलमा भारतबाट आउने ब्रोइलर र खशी/बोका समेत प्रयोग हुन्छ । संघले उल्लेख गर्ने तथ्यांक महानगरपालिकामा भने जानकारी छैन । दैनिक पाँचसय कुखुरा र २०० खशीबोकाको मासु खपत हुने विराटनगरमा महानगरपालिकाको नियमन भने कमजोर रहँदै आएको छ ।

महानगरपालिकाले गतवर्ष केहि अनुगमनलाई तिव्रता दिएको थियो । त्यसपछि खासै अनुगमन गरेको पाइदैन । अघिल्लो र गतवर्षको अनुगमनमा कैफियत देखिएका मासु पसलमा पुनः पुगेर सुधार भएनभएको हेर्ने गरिएको पाइदैन । संघका अध्यक्ष शिवकोटीका अनुसार भारतबाट भित्रने ब्रोइलर कुखुराका कारण नेपालका उत्पादकहरु विस्तापित भईसकेका छन् । मासु अभाव हुनसक्ने संभावनाले मूल्य बृद्धि हुनसक्ने संघका अध्यक्ष शिवाकोटीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्