सीबीआर विराटनगरमा शोभा पोखरेल

<span class='c1'>सीबीआर विराटनगरमा</span> <span class='c2'>शोभा पोखरेल</span>

विराटनगर । विराटनगर–७ हाटखोला स्थित अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको संस्था समुदायमा आधारित पुनस्र्थापना (सीबीआर) विराटनगरको अध्यक्षमा श्रीमती शोभा पोखरेल चयन भएकी छन् । सोमबार सीबीआर सम्वद्ध संस्था तथा प्रतिनिधिहरुको भेलाले पोखरेलको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो ।

गठित समितिको उपाध्यक्षमा डा संझना प्रधान, कोषाध्यक्ष डीएल चौधरी, निवर्तमान अध्यक्ष कनुलाल चौधरी छन् । समितिको सदस्य सचिवमा नवीन दाहाल, सदस्यहरुमा धर्मराज भट्टराई, घमचन्द्र नेपाल, सरिता रेग्मी, डिल्लीराम भण्डारी, आकृति रानी फुयाल, कुमारप्रसाद धमला छन् ।

सो भेलाले तीन सदस्यीय निर्देशक समिति पनि गठन गरेको छ । निर्देशक समितिमा डा भेषप्रसाद धमला, कविराज न्यौपाने र पद्मा रिजाल छन् । २०४६ फागुनमा स्थापित एवम् कोशी प्रदेशलाई लक्षित गरी काम गरिहेको सीबीआरले आव २०८०–८१ मा ७४ पालिकामा सेवा पु¥याएको थियो । सीबीआरको भर्खरै गरेको साधारणसभामा कोषाध्यक्ष डीएल चौधरीले गरेको आर्थिक प्रतिवेदनमा आब २०८०–८१ को आयव्यय एक करोड ३९ लाख रुपैया“को विवरण प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्