विराटनगरका ४ जना रोलर स्केट खेलाडीले अन्तराष्ट्रिय प्रतियोगितामा २० वटा स्वर्ण पदक जिते

<span class='c1'>विराटनगरका ४ जना रोलर स्केट खेलाडीले अन्तराष्ट्रिय</span> <span class='c2'>प्रतियोगितामा २० वटा स्वर्ण पदक जिते</span>

विराटनगर । थाइल्याण्डको सुफान बुरिमा हालै सम्पन्न भएको इन्डुरेन्स इन्टरनेशनल च्याम्पियनसिपमा नेपालका चार जना युवा रोलर स्केटरहरूले उत्कृष्ट प्रदर्शन गर्दै २० वटा स्वर्ण पदक जित्न सफल भएका छन्।

यो उपलब्धिले नेपालको खेलकुद क्षेत्रमा नयाँ कीर्तिमान स्थापित गरेको छ।

सेप्टेम्बर २० देखि २२ सम्म आयोजित यस प्रतियोगितामा १३ देशका ४०० भन्दा बढी खेलाडीहरूले भाग लिएका थिए। विराटनगरको दिल्ली पब्लिक स्कुल (डिपिएस) का दुई विद्यार्थी - कक्षा ७ की आध्या शर्मा र ईशाना शर्मा, साथै कुनाल कामत र मन्थन गोयलले नेपालको प्रतिनिधित्व गरेका थिए।

प्रशिक्षक सुरज कामतका अनुसार, कुनाल कामतले सबैभन्दा बढी ११ स्वर्ण र ३ कांस्य पदक जिते। गोबिन्द गोयलले ३ स्वर्ण र ३ रजत, ईशाना शर्माले ३ स्वर्ण, ३ रजत र १ कांस्य तथा आध्या शर्माले ३ स्वर्ण पदक हात पारे।

यी युवा खेलाडीहरूको असाधारण सफलताले नेपालको रोलर स्केटिङ क्षेत्रमा रहेको प्रतिभा र सम्भावनालाई उजागर गरेको छ।

साहिल गिरी अफिसियल र सुरज कामत प्रशिक्षकको रूपमा टोलीसँग थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्