विराटनगरबाट स्रोत नखुलेका सात लाख रुपैयाँसहित दुई जना पक्राउ

<span class='c1'>विराटनगरबाट स्रोत नखुलेका सात लाख</span> <span class='c2'>रुपैयाँसहित दुई जना पक्राउ</span>

विराटनगर । विराटनगर महानगरपालिका–१७ स्थित मटेरूवाबाट स्रोत नखुलेको नगद सात लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–७ बस्ने २४ वर्षीय सुशान्त यादव र भारत अररिया जोगवनी–३२ बस्ने ३४ वर्षीय सानतुन राय रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३९ प ६००२ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक यादव साथबाट तीन लाख र स्कुटरमा सवार सानतुनको साथबाट चार लाख रुपैयाँ फेला पारी दुवै जनालाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भई प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्