दशैँ-तिहार नजिकिदै विराटनगको सपिङ मलले ग्राहकहरुलाई अफर ल्याउदै

<span class='c1'>दशैँ-तिहार नजिकिदै विराटनगको सपिङ</span> <span class='c2'>मलले ग्राहकहरुलाई अफर ल्याउदै</span>

प्रेम देवान
विराटनगर । नेपालीहरुको महान पर्व दशैँ, तिहार नजिकिएसँगै सपिङ मलहरुले विभिन्न किसिमका अफरहरु सार्वजनिक गर्ने गरेका छन् ।

नेपालीहरुको महत्वपूर्ण चाडपर्व नजिकिएसँगै विभिन्न मलहरुले आफ्ना ग्राहकहरुको लागि योजनासंगै अफरहरुको व्यवस्था अनि साथमा आकर्षित पुरस्कारको पनि व्यवस्था दिने गरेको छ ।

हुनत सपिङ मलहरुबीच ग्राकह तान्न विभिन्न स्किम, छुट, अफर लगायतका योजना सार्वजनिक गर्न प्रतिस्पर्धा नै हुने गरेको पाईन्छ । अहिले कतिले अफर सार्वजनिक गरिसकेका छन् भने धेरैले सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।

यसैबिच विराटनगरमा रहेका दुई ठुला मलहरुले दशैँ तिहारलाई लक्षित दैनिक नगद उपहारदेखि महँगो मूल्यका मोटरसाइकलहरुसम्मको व्यवस्था गर्ने गरेका छन् । विराटनगरमा ३ वटा ठुला सपिङ रहेको मध्ये एउटा बन्द भईसकेको छ । विराटनगरमा नाम चलेका भाटभटेनी सुपर मार्केट , सेन्ट्रल मल र आरके सिटी सेन्टर रहेका छन् । जसमध्ये आरके सिटी सेन्टर भने बन्द भईसकेको छ । अबको केही समयमा विराटनगरमा अर्को ठुलो सेन्चुरियन सपिङ मल पनि आउदैछ ।

दशैं तिहारको समयमा सपिङ मलहरुका लागि सबैभन्दा बढी आर्थिक कारोबार हुने समय पनि हो । दशैं नजिकिएसँगै बजारमा व्यवसायीक माहोल पनि सिर्जना हुने गर्दछ । यद्यपी विगतका वर्षहरु जस्तै ग्राहकको भिडभाड नभएको व्यवसायीहरुको भनाई छ । हुन त दशैँको लागि सपिङ गर्ने समय भने अझै केही दिन बाँकी छ । त्यसको लागि मुख्य अफरहरु भने केही दिनमा ल्याउने विराटनगर ७ मेनरोडमा रोडमा रहेको सेन्ट्रल मलका सिईओ विशाल न्यौपानेले जानकारी दिए । सेन्ट्रल मल भित्रका अन्य पसलहरुले भने भारी छुटहरु दिईसकेको न्यौपानेले बताए । सेन्ट्रल मल भित्र रहेको सेन्ट्रल बजारले पनि विगतको दशैंतिहार भन्दा फरक र आर्कषण योजनाहरु ल्याउने तयारी रहेको जनाएको छ।

कोशी प्रदेशको राजधानी विराटनगर धरान रोडमा रहेको भाटभटेनी सुपर मार्केटले दशैं तिहारमा सपिङ गर्ने उपभोक्ताहरुलाई लक्षित गरेर विभिन्न आकर्षक अफरहरु सार्वजनिक गरिसकेको छ। भने ग्रोसरी लगायत अन्य केही आईटमहरुमा भने अफर ल्याउन बाँकी रहेको भाटभटेनी सुपर मार्केटका शाखा प्रवन्धक पर्शुराम तिम्सिनाले जानकारी दिए । ‘भाटभटेनीको क्लोथ आईटम अन्तर्गत अन्तराष्ट्रिय ब्राण्डका कपडाहरुमा ३० देखी ७० प्रतिशत छुटको व्यावस्था गरेका छौं, अझ दशैंको एक हप्ता अगाडी विशेष अफर ल्याउदैछौँ,’ उनले भने त्यसमा पनि 'लक्कीड्र'बाट विभिन्न उपहार पाउने व्यवस्था पनि गरिनेछ । भाटभटेनी सुपर मार्केटमा पेयपदार्थमा होलसेल मूल्यमा नै ग्राहकहरुलाई अफर दिएको तिम्सिनाले बताए । अहिले ईलोक्ट्रोनिक आईटममा भने १५ देखी ३९ प्रतिशतसम्मको छुट दिएको जनाएको छ ।

अबको केही दिनमा विशेष छूटमा 'बाई वान गेट वान' अफर र गिफ्ट भौचरहरुको व्यवस्थामा अधिकांश अफरहरु तिहार र छठ पर्वसम्मका लागि छुटको व्यवस्था रहने भाटभटेनी सुपर मार्केट विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्