२४ सैँ घण्टा तयार रहन स्वास्थ्यकर्मीलाई मन्त्रीको आग्रह

<span class='c1'>२४ सैँ घण्टा तयार</span> <span class='c2'>रहन स्वास्थ्यकर्मीलाई मन्त्रीको आग्रह</span>

काठमाडौँ । अविरल वर्षाले देशभर बाढी र पहिरो जाँदा ठुलो मात्रामा जनधनको क्षतिका घटना बढिरहेको छ । यो अवस्थामा आपतकालिन रूपमा राहत र उद्धारका कार्यहरू हुने भएकाले स्वास्थ्यकर्मीलाई २४ सै घण्टा तयारी अवस्थामा रहन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरूलाई आग्रह गरेका छन् ।

आपतकालीन उपचारले ज्यान जोगाउन सकिने भन्दै मन्त्री पौडेलले देशभरका सबै अस्पतालका आपतकालीन कक्ष लाई थप प्रभावकारी बनाउन र आवश्यक परेमा नियमित सेवा प्रवाहको अवधि वृद्धि गरी सहयोग गर्नका लागि २४ सै घण्टा तयार रहन अनुरोध गरेको हो ।

मन्त्री पौडेलले औषधि उपचारका आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तयारी अवस्थामा रहेको उल्लेख गर्दै आपतकालीन औषधी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सबैलाई आग्रह गरेका छन् ।

उद्धार र राहतका कार्यहरूलाई तीव्र बनाउन गृह मन्त्रालय, स्थानीय तह र अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेका गरिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले सबैलाई सुरक्षित रहन, सतर्क रहन र एक आपसमा सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्