विराटनगर–काठमाण्डौं हवाई भाडा दश हजार, बढी लिएको हैन, सस्तो दरका टिकट बिक्री नगरेको

<span class='c1'>विराटनगर–काठमाण्डौं हवाई भाडा दश हजार, बढी लिएको</span> <span class='c2'>हैन, सस्तो दरका टिकट बिक्री नगरेको</span>

विराटनगर । सडक आवागमन बाढी र पहिरोका कारण अवरुद्ध भएपछि हवाई सेवा कम्पनीले महंगा दरका टिकट मात्रै बिक्री गर्न थालेका छन् । जसको आलोचना अहिले सर्वत्र भईरहेको छ । यद्यपी उनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकिदिएको भाडा दर उल्लंघन भने गरेका छैनन् । यात्रुको चाप बढेपछि विमान कम्पनीहरुले सस्तो दरका टिकट बिक्री गर्न रोकेका हुन् ।

सडक सञ्जाल अवरुद्ध भएपछि आउजाउको एक मात्रै माध्यम हवाई यात्रा बनेको छ । तर, यहि बेला महंगो भाडा बुझाउनु पर्ने स्थिति आएपछि त्यसको आलोचना भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा वार्षिक हवाई भाडा दर सूचिकृत गराउँदा विमान कम्पनीहरुले उच्चतम भाडा भनेर तोकेका हुन्छन् । त्यसलाई क्यानले स्वीकृत गरिदिने गरेको छ । अहिले बाढी पहिरो आएपछि भाडा बढाउनु अगावै नयाँ आर्थिक वर्ष साउनमा सुरु हुँदा उनीहरुले दर्ता गरेको सुचिका आधारमा भाडा लिन पाउँछन् ।

मानौं काठमाण्डौं–विराटनगरको उडानमा प्रतियात्रु दश हजार रुपैँयासम्म लिएर सेवा दिने उच्चतम दर क्यानमा सूचिकृत छ । त्यो सूचिकृत भएको दरसम्म भाडा लिँदा सामान्य मान्नुपर्ने विराटनगर विमानस्थलका प्रमुख सुवास झाले जानकारी दिएका छन् । विमान कम्पनीहरुले लिएको भाडा गैरकानुनी होइन, प्राधिकरणले न्यूनतम र अधिकतम भाडादर तोकेको हुन्छ सोहीअनुसार विमान कम्पनीले भाडा निर्धारण गर्ने चलन छ, झाले भने तर, उनीहरुले यात्रुको चाप हेरेर कहिले कम त कहिले बढी लिन्छन् । उनका अनुसार यदि सेड्युल उडानमा बढी लिएर कारवाही हुन्छ तर चार्टर उडान गर्ने भए त्यो भन्दा बढी पनि बुझाउनु पर्ने हुन्छ ।

काठमाडौँ–विराटनगरको एकतर्फी सात हजार पाँच सय बिक्री भइरहेको अवस्थामा विमान कम्पनीहरुले बढाएर नौ हजार नौ सय लिन थालेका छन् । काठमाडौँ–धनगढीको एकतर्फी भाडा १७ हजारसम्म निर्धारण गरिएको छ ।
हाल काठमाडौँ प्रवेश गर्ने मुख्य नाकामा सडक अवरुद्ध छ । यस्तो अवस्थामा यात्रुहरुसँग हवाई उडानको विकल्प छैन । काठमाडौँ भित्रने धादिङ्को झ्याप्ले खोलामा पहिरो खस्दा यातायात अवरुद्ध छ । काठमाडौँबाट तराई जोड्ने विपी राजमार्गको रोशिखोलालगायत स्थानमा पहिरोले सडक बगाएपछि काठमाडौँ आवतजावत गर्ने सवारी साधन रोकिएका छन् । हाल देशभरका ४१ राजमार्गमा ६४ स्थानमा सडक अवरुद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्