विराटनगरमा बजारमा चाडपर्व अपेक्षित छैन व्यापार

<span class='c1'>विराटनगरमा बजारमा चाडपर्व</span> <span class='c2'>अपेक्षित छैन व्यापार</span>

इन्दु साह
विराटनगर । दशैं नजिकँदै गर्दा पनि विराटनगरको व्यापार क्षेत्रमा अपेक्षित चहलपहल देखिएको छैन। स्थानीय व्यापारीहरूले यस वर्षको व्यापार स्थिति निराशाजनक रहेको बताएका हुन्। विगत वर्षहरूमा दशैंको करिब १५ दिन अगाडिदेखि नै बजारमा ग्राहकहरूको भीड लाग्ने गरेको थियो। तर, यस पटक पसलहरू खाली देखिएका छन्। विराटनगर–७ मा रहेको बिग बजार पसलका संचालक उमेश साहले भने दशैँ भित्ते पात्रोमा मात्र लागिरहेको छ। बजारमा चहलपहल छैन, पसलमा व्यापार छैन।

रेडिमेड लुगा, जुत्ता–चप्पल जस्ता सामानहरूको बिक्री न्यून रहेको व्यापारीहरूको गुनासो छ। फेसन जंक्शनका संचालक अमन साहले दशैंको आशामा केही सामान थप गरे पनि अपेक्षा अनुरूप व्यापार नभएको बताए। व्यापार मन्दीको एक कारण युवाहरूको विदेश पलायनलाई पनि मानिएको छ। न्यू विराट जुत्ता पसलका संचालक छोटे खानले भने युवा विदेशिदा लत्ताकपडादेखि नयाँ फेसनका सामाग्री बिक्री हुन छाडेको छ।

व्यापारीहरूले जोगबनी बजारको प्रभावलाई पनि समस्याको रूपमा उल्लेख गरेका छन्। स्थानीय व्यापार प्रवर्धनका लागि रानी नाकामा कडाई गर्नुपर्ने माग उनीहरूले गरेका छन्। सानिया स्टोरका संचालक रोहित साहले आफ्नो निराशा व्यक्त गर्दै भने व्यापार नभएको देख्दा दशैंको महौल भन्ने पनि थाहा छैन। यति बेला बिक्री हुनुपर्ने सामान किन्ने ग्राहक नहुँदा दुःख लागेको छ। यसरी चाडपर्वको समयमा समेत अपेक्षित व्यापारिक गतिविधि नहुँदा व्यापारीहरू यस स्थितिबाट चिन्तित देखिएका छन् ।

सीमा क्षेत्रमा कडाई गर्दै विराटनगर बजारलाई बढावा दिन स्थानीय प्रशासनले व्यापारीसँग केहि क्षेत्रमा सुधार गर्नुपर्ने निर्देशन समेत दिइएको छ । जसका लागि उनीहरुलाई दशैं केन्द्रीत बजार सहुलियत, ग्राहकलाई सुविधा लागि मूल्यसूचि बोर्ड अनिवार्य गर्न, गुणस्तरीय सामान बिक्री गर्न भनेको छ । यद्यपी धेरै उपभोक्ता जोगबनीबाट सामान खरिद गर्नुपर्ने मान्यतालाई परम्परा जस्तो बनाउने गरेकाले पनि स्थानीय बजार खासै गुल्जार छैन । मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साहले सरकारले नीतिका कारण स्थानीय बजार उठ्न नसेकेको हो । उनका अनुसार सीमा जतिसुकै कडाई गरेपनि खुल्ला रहेका कारण सामान आउन रोकिदैन । त्यसका लागि स्थानीय उद्योगलाई बचाउने गरि भन्सार दरमा हेरफेर गर्नु उचित हुन्छ । उनले यदि १५ प्रतिशत भन्सार दर तोकिएको वस्तु तस्करी भएर आईरहेको भए ५ प्रतिशत भन्सार दर राखिदिनुपर्छ । त्यसो हुँदा पारीबाट आउने सामान र बजारमा खरिद गर्ने सामानको मूल्य समायोजन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्