विराट गंगाको जारमा भेटियो भोला गुड्खाको खोल, खाद्य प्रविधिले गर्यो जारमा शिल

<span class='c1'>विराट गंगाको जारमा भेटियो भोला गुड्खाको</span> <span class='c2'>खोल, खाद्य प्रविधिले गर्यो जारमा शिल</span>

प्रेम देवान
विराटनगर । ‘वि सियोर ड्रिंक पिरोर’ सुन्दा कस्तो आनन्द र आकर्षित नारा छ । तर, त्यो त केवल नारामा मात्रै सिमित रहेछ भन्ने उदाहरण आजको एउटा घटनाले देखाएको छ । विराटनगरको बजारमा छयाप–छ्यापी भेटिने विराट गंगा प्रशोधित शुद्ध पिउने पानीको बोतल अनि जार देख्नु नै भएको होला ।

विराटनगर १ विशाल चौकमा रहेको गंगा जल पेय उद्योगबाट उत्पादन गरेर बजारमा बिक्रीका लागि पठाइएको जार भित्र भोला गुड्खाको खोल भेटिएको छ। घटना असोज १४ गते सोमबारको हो । विराटनगर ११ मा रहेको ओरेक नेपालको सेफ हाउसको लागि असोज १३ गते १० वटा जार माग गरिएको थियो । अनि त्यही १० वटा जारमध्ये एउटा जारमा भोला गुड्खाको खोल भेटिएको छ ।

शिल प्याक गरिएको जारमा माथि भनिएको नारासँग गुट्खाको खोल भेटिनुले कतिको म्याच गर्छ ? त्यो अब तपाई आफैँ नै मूल्याङ्गकन गर्नुहोस् । मानवजीवनको स्वास्थ्यसँग प्रत्यक्ष असर हुने गरी चरम लापारवाही गरेको यो घटनाले स्पष्ट पारेको छ ।

विगत लामो समयदेखी आफुरुले शुद्ध पिउने पानीको रुपमा विराट गंगाको जार नै प्रयोग गर्दै आएको ओरेक नेपालका प्रतिनिधी नविन रेग्मीले बताए । जारको पानी सकिएपछि अर्को जार खन्याउने बेलामा जारमा गुड्काको खोल भेटिएको रेग्मीले बताए । नाम चलेको यस्ता पानी उद्योगहरुले आम नागरिकको स्वास्थ्य माथी खेलावाड गर्नेलाई हदै सम्मको कारबाही गर्नुपर्ने रेग्मीको भनाई छ ।


जार भित्र अखाद्य वस्तु भेटिएपछि खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यलय कोशी प्रदेश विराटनगरका खाद्य निरीक्षक विरेन्द्र कुमार दासले तत्काल स्थलगत अनुगमन गरेर जारमा शिलबन्दी गरेर नियन्त्रणमा लिएका छन् । जार भित्र अखाद्य वस्तु भेटिएकोले तत्कालको लागी शिल बन्दी गरिएको छ दासले भने, शिलबन्दी गरिएको पानीको गुणस्तर परीक्षणको लागि नमूना संकलनको लागि प्रयोगशालामा लगिएको हो । शिलवन्दी गरिएको पानी प्रयोगशालामा कैफियत भेटिए कानुन बमोजिम कारबाही हुने दासले बताए ।

यता विराट गंगा जल पेय उद्योगका संचालक अकिंत मारुले भने घटनालाई स्वीकारेका छन् । काम गर्दै जाँदा कहिलेकाही कर्मचारीहरुबाट गल्ति भएको हुन सक्ने उनको भनाई छ । आफुबाट कमि कमजोरी वा गल्ती भएको छ भने आगामी दिनमा त्यसलाई सुधार गर्दै जाने मारुले प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्