विराटनगरमा अस्थायी पण्डाल, गेट र मन्दिर बनाउन तीन वटाले लिए अनुमति

<span class='c1'>विराटनगरमा अस्थायी पण्डाल, गेट र मन्दिर</span> <span class='c2'>बनाउन तीन वटाले लिए अनुमति</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले दशैं, तिहार र छैठ पर्वका अवसरमा अस्थायी गेट, मन्दिर र पण्डाल निर्माण गर्दा सडक, सडक पेटी तथा सार्वजानिक स्थलहरुमा अवरुद्ध हुने गरी निर्माण गर्न नपाइने नियम लगाएको छ । सडक, सडक पेटी तथा सार्वजानिक स्थलमा यस्ता संरचना निर्माण गर्दा अत्यावश्यक सेवाका सवारी साधन दमकल, एम्बुलेन्स, प्रहरीको सवारी आवातजावतमा समस्या हुने भएकोले यसलाई रोक्न नयाँ नियम लगाएको हो ।

तर, विराटनगर महानगरपालिका भित्र चाडपर्वमा अस्थायी मन्दिर र पण्डाल बनिरहेका छन् । विभिन्न स्थानमा बनिरहेका पण्डालहरु मध्ये तीनवटाले मात्रै अनुमति लिएका छन् । नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार ३ स्थानका पण्डाल बनाउन मात्र स्वीकृत लिएका हुन् । जसमा विराटनगर ५, ६ र ९ का स्थानीयले महानगरपालिकाबाट अनुमति लिएको बताएका छन् । उनले भने महानगरपालिका भित्र सार्वजानिक स्थानमा पण्डाल बानाउनु परे स्वीकृत अनिवार्य लिनुपर्ने बताए ।

यदि कसैले बाटो, सडक मिचेर पण्डाल बनाएमा कारवाही हुने उनले बताए । यदि कसैले हिड्ने सडक अवरोध गरेर पण्डाल बनाए महानगर प्रहरीले हटाउने महानगरले जनाएको छ ।

महानगरले पण्डाल बनाउन स्वीकृत लिनुपर्ने नियम लागु भएदेखि अन्य समय लगायतको गरी जम्मा १० जनाले अनुमति लिएका छन् । चाडपर्व नजिकीएसँगै विभिन्न कार्यक्रमको लागि पण्डाल बनाउने कार्य धमाधम भईरहेको छ । पछिल्ला वर्षहरुमा सडक अवरोध गरी पण्डालहरु बनाईने चलन रहेको थियो । भने यसपट भने महानगरपालिकाले व्यवस्थित तवरले पण्डाल बनाउन निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्