प्रेम देवान
विराटनगर, ९ पुस ÷ सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार भएको कराते तर्फ पाँच वटा खेल सम्पन्न भएको छ ।
त्यसैगरी पुरुष एक कातातर्फ सशस्त्र प्रहरी बलका पर्शुराम बास्तोलाले ह्याट्रिक गरेका छन् । लगतार उनले तीन पटक कराते तर्फ प्रथम भएका हुन । यसैगरी नेपाल नेशेका डम्बर बहादुर आलेमगर द्धीतिय भए । त्यस्तै सुदुरपश्चिमञ्चलका ललित खत्री र मध्यञ्चलका सुमन पुलामी मगर तृतीय भए ।
महिला एकल कातातर्फ नेपाल प्रहरीकी निर्मला तामाङ्ग प्रथम भएकी छिन् । त्यस्तै द्धितिय मध्यमञ्चलकी अप्सरा मोक्तान भइन् । यसैबिच सशस्त्र प्रहरी बलकी सरीता श्रेष्ठ र तृतिय सुदुरपश्चिमञ्चलकी वर्षा साउद चौथो भइन ।
त्यसैगरी शनिबार रै भएको अर्को समुह काता पुरुष तर्फ सशस्त्र प्रहरी बल प्रथम, नेपाली सेना द्धितिय र पूर्वाञ्चल तृतीय तथा पश्चिमञ्चल चौथो भएको छ ।
यस्तैगरी महिला टिम काततर्फ समय अभावका कारण स्थकीत भएको छ । स्थाकित खेल भोली हुने भएको छ ।
तस्वीर ः प्रेम देवान