पाथीभरा मन्दिरको नाममा सहयोग संकलन रोक्न मोरङ प्रशासनलाई आग्रह

<span class='c1'>पाथीभरा मन्दिरको नाममा सहयोग संकलन</span> <span class='c2'>रोक्न मोरङ प्रशासनलाई आग्रह</span>

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभराको नाममा भइरहेको आर्थिक सहयोग संकलनको निगरानी र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई अनुरोध गरेको छ ।

क्षेत्र विकास समितिले मङ्गलबार पत्र पठाइ सहयोग संकलन बारे निगरानी गर्न अनुरोध गरेको हो ।

समितिका अध्यक्ष रक्की थेबेले जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्र पठाइ पाथीभराको नाममा आर्थिक सहयोग संकलनको गलत अभ्यास भइरहेको जानकारी गराएको छ । पत्रमा मोरङ जिल्लामै पाथीभरा मन्दिर निर्माण गर्ने भनी अवैध रूपमा सहयोग संकलन भइरहेको जानकारी प्राप्त भएको उल्लेख छ।

'हाल मोरङ जिल्लामा शिवबाबा भक्त समाज नेपाल नामक संस्था,सुन्दरहरैँचा नगरपालिका-५ मोरङले पाथीभरा माताको मन्दिर निर्माणार्थ भनेर आर्थिक सहयोग संकलन गरिरहेको खबर प्राप्त हुन् आएको छ । तर यस कार्यमा पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङसग कुनै औपचारिक समन्वय भएको छैन । र यहाँ मन्दिर निर्माण गर्ने कार्य पनि नभएको जानकारीका लागि अनुरोध छ ।' पाथीभरा क्षेत्र विकास समितिले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।

यस किसिमको कार्यले जनमानसमा भ्रम फैलाउनुका साथै आर्थिक अनियमितताको खतरा समेत रहेको समितिको भनाइ छ । समितिले पाथीभराको नाममा भइरहेका यस्ता गतिविधि तुरुन्त रोक्न जिल्ला प्रशासन मोरङलाई आग्रह गरेको हो । स्थानीय तह र सम्बन्धित निकायको सहकार्यमा यस्ता कार्यको छानबिन गरी रोकथाम गर्न र दोषीमाथि कारबाही गर्न समितिको माग छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्